नेपालगञ्ज नर्सिङ क्याम्पसको स्ववियु सभापतिमा सोनी विजयी

स्वास्थ्यसमाचार/ बाँकेस्थित नेपालगञ्ज नर्सिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको सभापतिमा अखिल क्रान्तिकारीकी दिपिका सोनी निर्वाचित भएकी छिन्।

आइतबार भएको निर्वाचनमा अखिल क्रान्तिकारी, नेविसंघ र अनेरास्ववियूको गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी सोनी विजयी भएकी हुन्। उनको ८१ मत आएको छ।

उनकी प्रतिस्पर्धी निलिमा गिरीले ७८ मत ल्याएकी छिन्। उनी नेकपा (एमाले) सम्वद्ध अनेरास्ववियुकी उम्मेदवार हुन्। सचिवमा एमाले सम्वद्ध अनेरास्ववियुका देवार्चना अधिकारी विजयी भएकी छ्न्।कोषाध्यक्षमा गठबन्धनका तर्फबाट नेविसंघकी रेलुसा खत्री विजयी भएकी छिन्।

सदस्यहरुमा अनेरास्ववियुका ईशा पौडेल, विनिता बेल्बासे र गठबन्धनका रश्मी अधिकारी निर्वाचित भएका छन्।क्याम्पसमा आइतबार भएको निर्वाचनमा शतप्रतिशत मतदान भएको छ। क्याम्पसमा १६१ जना मतदाता छन्।

सम्बन्धित शिर्षक :