स्वास्थ्यकर्मी संघ लुम्बिनी प्रादेशिक अस्पतालको बृहत भेला तथा छलफल सम्पन्न

स्वास्थ्यसमाचार/नेपाल स्वास्थ्यकर्मी संघ लुम्बिनी प्रादेशिक अस्पताल इकाई कमिटीको आयोजनामा बृहत भेला तथा छलफल भएको छ ।

अस्पताल इकाई कमिटी अध्यक्ष भिम ज्ञाबलीको अध्यक्षतामा भएको बृहत भेला तथा छलफलमा यहि चैत्रमा हुने जिल्लाअधिबेशनका बिषयमा बिभाग गठन तथा जिम्मेबारी र स्वास्थ्यकर्मीको हकहित लगायतका विभिन्न विषयमा छलफल भएको अध्यक्ष भिम ज्ञाबलीले बताउनु भयो।

भेलामा नेपाल निजामती कर्मचारी युनियन रुपन्देही जिल्ला सदस्य चिरञ्जीबि घिमिरे लुम्बिनी प्रादेशिक अस्पताल बिकास समिति कर्मचारी युनियनका अध्यक्ष भागिरथ राना, नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कानुन तथा न्याय समिति सदस्य दया सागर पन्थी, इकाई कमिटीका उपाध्यक्ष गिता ज्ञाबली सचिब शिब कुँबर लगायतल बोल्दै स्वास्थ्यकर्मीहरुको पीरमर्कालाई सम्वोधन गर्नुपर्ने बताउनु भयो ।

उहाहरुले यहि चैत्रमा हुन गईरहेको जिल्ला अधिबेशनलाई सबैले सफल बनाउन लाग्नु पर्ने बताउनु भयो। उहाहरुले भेलाले स्वाथ्यकर्मीहरु प्रोत्साहित हुने र उनीहरूबीचको एकता र समन्वयको सन्देश प्रवाह अस्पताल उहाँले यस्ता भेलालाई दीर्घका लिनरुपमै अगाडी बढाउनु पर्नेमा समेत जोड दिनुभयो ।

यस्तै भेलामा गठन भएको बिगागको समेत जिम्मेबारी तोकिएको अध्यक्ष ज्ञाबलीले बताउनु भयो भेलामा अस्पतालका सबैवाड बाट स्वास्थ्यकर्मी सहभागी रहेका ईकाइ समितिका सचिब शिब कुँबरले बताउनु भयो।

सम्बन्धित शिर्षक :