स्वास्थ्यसमाचार/ काँग्रेस लुम्विनी प्रदेश समिति सदस्य अञ्जना पाण्डे स्वास्थ्य विभाग प्रमुखमा मनोनित हुनु भएको छ । नेपाली काँग्रेस लुम्विनी प्रदेश सभापति अमरसिंह पुनले विभिन्न २१ वटा विभागहरुको प्रमुख मनोनित गर्ने क्रममा बाँकेकी पाण्डेलाई स्वास्थ्य विभागको प्रमुखमा मनोनित गर्नु भएको हो । काँग्रेसको विधान, २०१७ (संशोधनसहित) को परिच्छेद धारा १३ को उपधारा ११ (क) मा व्यवस्था भएअनुसार विभागको प्रमुख पदमा मनोनयन गरिएको मुख्य सचिव मोहनराज शर्माद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । यस्तै सङ्गठन विभाग प्रमुखमा प्युठानका सुवास केसी, सूचना सञ्चार तथा प्रचार प्रसार विभागको प्रमुखमा दाङका प्रचण्ड विक्रम न्यौपाने, प्रदेश…
समाचार
गैडहवाका बिरामीले पाउने भए नि: शुल्क रगत
स्वास्थ्यसमाचार/ रुपन्देहीको गैडहवा गाउपालिकामा नागरिकलाई बुधबार देखि नि शुल्क रगत उपलब्ध गराउने गरि सम्झौता भएको गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले बताउनु भयो । गैडहवा गाउँ पालिका रुपन्देही र नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखा बिच सम्झौता भयको छ सम्झौतामा पत्रमा प्रथम पक्षमा गैडहवा गाउँ पालिकाका प्रमुख प्रसासकिय अधिकृत कृष्ण प्रसाद पन्थी ,दोस्रो पक्षमा सभापति नेपाल रेडक्रस सोसाइटी रुपन्देही बिच सहमति पत्रमा हस्ताक्षर भयको हो गाउँपालिकाले बताएको छ । सहमति पछि बोल्दै गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले आफ्नो गाउँ पालिका भित्रका स्थानीय बासिन्दाहरु रगत को अभाव बाट कसैको ज्यान नजाहोस भन्दै निशुल्क…
क्यान्सर रोगबारे जनचेतना जगाउन रुपन्देहीमा बृहत् कार्यक्रम हुने
स्वास्थ समाचार/विश्वमा मृत्युको दोश्रो ठुलो कारण बनेको क्यान्सर रोगले मानव जातिमा पुर्याएको क्षति र सम्भावीत क्षतिको न्यूनीकरणमा विश्व जगतको ध्यानाकृष्ट गर्दै सन् २००० देखि हरेक बर्षको फेब्रुअरी ४ तारिकलाई अन्तर्राष्ट्रिय स्तरमा विश्व क्यान्सर दिवसको रुपमा मनाउने गरिँदै आएको छ । क्यान्सर रोगबाट हुने क्षतिको न्यूनीकरणका लागि रोग लाग्नै नदिन जनचेतना फैलाउने, रोगको पहिचानको लागि आवस्यक व्यवस्था मिलाउनु पर्ने र औषधोपचार सरल र सुलभ हुनुपर्ने बिषयतर्फ सम्बन्धित सरोकारवालाको ध्यानाकर्षण गर्न यस बर्ष “हेरचाहमा हुने असमानताको अन्त्य गरौं” भन्ने विश्वव्यापी नाराका कार्यक्रम तय भएको छ । of नेपाल अर्बुद रोग निवारण संस्था…
लुम्बिनी सांस्कृतिक नगरपालिकामा शून्य पोलिथिन अभियान सुरु
स्वास्थ्यसमाचार/ रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा शून्य पोलोथिन अभियान सुरु भएको छ । पोलिथिनजन्य फोहोरले लुम्बिनी भ्रमणमा आउने पर्यटक र वातावरणमा नकारात्मक असर परेकाले नगरलाई सफा र स्वच्छ बनाउन अभियान शुरु गरिएको नगरपालिकाले जनाएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाको आर्थिक सहयोगमा ग्रीनरी नेपाल संस्थाले सञ्चालन गरेको यो अभियान ६ महिनासम्म चल्नेछ । आइतबार अभियानको शुभारम्भ गर्दै रुपन्देही क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले लुम्बिनी अन्तर्राष्ट्रिय पर्यटकीय स्थल भएकाले यो ठाउँ स्वच्छ र सरसफाइयुक्त हुनुपर्ने बताउनुभयो । सांसद घिमिरेले यसअघि आफू नगर प्रमुख हुँदा तिलोत्तमा नगरपालिकालाई शुन्य खुला पोलिथिनमुक्त नगर…
लुम्बिनी प्रादेशिक अस्पतालमा ६१ औं नेपाल नर्सिङ दिवस मनाईयो
स्वास्थ्यसमाचार/ नेपाल नर्सिङ संघ बुटबल ईकाई र लुम्बिनी प्रादेशिक अस्पताल नर्सिङ संघको आयोजनामा बुटबलमा६१ औं नेपाल नर्सिङ दिवस मनाईएको छ।’जेष्ठ नागरिक स्वास्थ्य सुरक्षा हाम्रो जिम्मेवारी’ भन्ने मूल नाराका साथ आज ६१ औं नेपाल नर्सिङ दिवस मनाईएको हो । नेपाल नर्सिङ संघको ६१ औं वार्षिकोत्सब कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा ईन्द्र ढकालले नर्सिङ क्षेत्रको समस्या समाधानको लागि अस्पताल लागी रहेको बताउनु भयो उहाले अस्पतालबाट पाउने सेवा सुबिधाका लागी तथा माग भए अनुसारका तालिमहरु दिईने बताउनु भयो। लुम्बिनी प्रादेशिक अस्पताल बिकास समितिका अध्यक्ष सुर्य बहादुर भट्राईले नर्सहरु अझै परिस्कृत हुनुपर्ने…
रुपन्देही,बाँके,बर्दिया,सहित१६ जिल्ला कुष्ठरोग मुक्त हुन बाँकी
स्वास्थ्यसमाचार /नेपालका १६ वटा जिल्ला अझै कुष्ठरोग मुक्त हुन बाँकी रहेको तथ्य सार्वजनिक भएको छ । ७०औँ विश्व कुष्ठरोग दिवसको सन्दर्भमा आज ललितपुरको गोदावरी नगरपालिका–५ लेलेस्थित आनन्दवन अस्पतालले आयोजना गरेको अन्तरक्रियामा नेपालका १६ जिल्ला झापा, मोरङ, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, परासी, रुपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र अछाम कुष्ठरोग मुक्त हुन बाँकी रहेको जानकारी दिइयो । अन्तरक्रियामा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले कुष्ठरोगको लक्षण देखिएका मानिसले समयमै उपचार गरे भयावहको स्थिति सिर्जना नहुने बताए ।“कुष्ठरोग नियन्त्रणका लागि जनचेतना जगाउनु आवश्यक छ, यहाँ विद्यार्थी भाइबहिनी पनि छन् ।…
कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौ
कुष्ठरोग छाला र नशामा लाग्ने श्वास प्रश्वासको माध्याम बाट मानिसबाट मानिसमा सर्ने एक प्रकारको कम सरुवा धेरै पुरानो रोग हो । यो रोग माइको ब्याक्टेरीयम लेप्रे नामक जिवाणु बाट लाग्दछ कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौ भन्ने मुल नाराका साथ यो बर्ष ७०औ विश्व कुष्ठरोग दिवश बिभिन्ना कार्यक्रमका साथ मनाइदैछ । यो एक विश्वभर कुष्ठ प्रभावित मानिसहरुको आवाज उठाउने अवसर हो । यस बर्षको नाराले कुष्ठ रोगलाइ प्राथामिकतामा राखेर अहिले बाट पहल गरे कुष्ठरोग उन्मुलन सम्भव छ भन्ने कुरा सन्देश दिना खोजिएको छ ।विस्व कुष्ठरोग दिवश विश्वका प्रशिद्ध मानवताबादी रावल…
लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगको प्रकोप उच्च रहेको रहेको पाइएको छ । ७० औँ कुष्ठरोग दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगका बिरामीको संख्या धेरै रहेको लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको हो । हाल देशभर देशभर २ हजार १ सय ७३ जना कुष्ठरोग बिरामी छन् । जसमध्ये लुम्बिनी प्रदेशमा मात्रै ५८४ कुष्ठरोगीहरु रहेका छन् । निर्देशनालयका निर्देशक डा विनोद गिरीले लुम्बिनी प्रदेशको रुपन्देही, कपिलबस्तु, बाँके र बर्दियासहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च रहेको बताए । सबै भन्दा धेरै बारा जिल्लामा कुष्ठरोगीका विरामीहरु…
बुटवलमा अक्सिजन सुविधासहितका २ स्वास्थ्य केन्द्रको निर्माण सुरु
स्वास्थ्यसमाचार/ बुटवलमा अक्सिजन सुविधासहितका दुईवटा स्वास्थ्य केन्द्रको निर्माण शुरु भएको छ । बुटवल उपमहानगरपालिका वडा नं १७ को मोतीपूर र वडा नं. १३ को बेलबासमा १६–१६ शैयाका अक्सिजन सुविधासहितका स्वास्थ्य केन्द्रको निर्माण शुरु भएको हो । वडा नं १७ को मोतीपूरमा शुक्रबार एक कार्यक्रमका बीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले स्वास्थ्य केन्द्रको शिलान्याश गर्नुभयो । स्वास्थ्य केन्द्र भवनको शिलान्याश गर्दै प्रमुख पाण्डेयले मोतीपूरको स्वास्थ्य केन्द्रले बुटवलका वडा नं. १७, १८ र १९ का वडाका बासिन्दाले लाभ लिने बताउनुभयो । उहाँले तिनाउ पूर्व र तिनाउ पश्चिमका बस्तीको समान विकासका लागि मोतीपूरमा…
तिलोत्तमाका ज्येष्ठ नागरिकलाई घरमै निःशुल्क उपचार
स्वास्थ्यसमाचार/ स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ज्येष्ठ नागरिकको घर दैलोमै पुगेर निःशुल्क उपचार गराउन तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाले नागरिक स्वास्थ्य कार्यक्रम सञ्चालन शुरु गरेको छ।नगरभरिका १७ वटै वडामा संचालन गरिने सो कार्यक्रमको आज तिलोत्तमा–६ स्थित पश्चिम पहुनीमा शुरुवात भएको छ। नागरिकको सबैभन्दा ठुलो कुरा भनेको उनीहरुको स्वास्थ्य भएकाले अस्पताल, स्वास्थ्य चौकी जान नसक्ने र सहारा नभएका ज्येष्ठ नागरिकलाई घरकै आगनमा डाक्टर बोलाएर निशुल्क चेक जांच उपचार र परामर्श दिने कार्यको शुरुवात गरिएको नगर प्रमुख रामकृष्ण खाणले बताउनुभयो। बृद्धबृद्धाहरु नगर र समाजको खम्बा भएकाले उनीहरुको स्वास्थ्यको ख्याल परिवारसंगै समाजका अगुवाहरुले पनि गर्नुपर्ने…