पश्चिम नवलपरासीमाअनुगम समितिद्वाराऔषधी र प्रयोगशालामा सिल

स्वास्थ्यसमाचार/पश्चिम नवलपरासीमा एक औषधी पसल र एक प्रयोगशालालाई रामग्राम नगरपालिकाको नगरस्तरीय अनुगमन समितिले सिल गरेको छ । नगरमा अवैध रूपमा एक औषधी पसल र एक प्रयोगशाला सञ्चालन गरेको पाइएकोले नगरस्तरीय अनुगमन समितिले औषधी पसल र प्रयोगशालामा सिल गरेको हो । स्थानीयबाट व्यापक जनगुनासो आएपछि औषधी पसलहरूलाई अनुगमन गरिएको रामग्राम नगरपालिकाको नगरस्तरीय अनुगमन समितिकी संयोजक एवम् कार्यवाहक नगरप्रमुख सम्झना चौधरीले जानकारी दिईन् । अनुगमन समितिले रामग्राम नगरपालिकाको वडा न १७ स्थित देवगाउँमा कुनै पनि निकायमा दर्ता नभएको गुप्ता मेडिकल हललाई सिल गरिएको र सोही वडा स्थित पटखौलीमा रहेको सेलिसा फर्माद्वारा सञ्चालित…

थप २० किसिमका औषधि उत्पादन गर्ने तयारीमा : औषधि लिमिटेड

स्वास्थ्यसमाचार/नेपाल औषधि लिमिटेडले जनतालाई निःशुल्क वितरण गर्न आवश्यक पर्ने थप २० किसिमका औषधि उत्पादन गर्ने योजना अघि सारेको छ । हाल उत्पादन भइरहेका औषधिका अतिरिक्त निःशुल्क वितरणका लागि आवश्यक औषधि कम्पनी आफैँले उत्पादन गर्ने तयारी गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि सरकारबाट उपलब्ध हुँदै आएका ९८ मध्ये २० किसिमका औषधि लिमिटेडले उत्पादन गर्ने योजना बनाएको छ । स्वदेशमै उत्पादन गरेर लिमिटेडले सरकारलाई औषधि बिक्री गर्ने तयारी गरिरहेको औषधि लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले जानकारी दिए । प्रधानमन्त्रीको निर्देशनसँगै आफूले व्यापारिक योजना तयार गरेर आवश्यक स्रोत जुटाउन लागिपरेको पनेरुको भनाइ…

औषधि व्यवसायी भट्टराई उद्योग बाणिज्य संघको उद्योग उपाध्यक्ष निर्वाचित

स्वास्थ्यसमाचार /औषधि व्यवसायी रुपन्देहीका संस्थापक अध्यक्ष सुरज भट्टराई बुटवल उद्योग बाणिज्य संघको उद्योग उपाध्यक्ष निर्वाचित हुनुभएको छ। संघको ७० औं वार्षिक साधारण सभा तथा २५ औं अधिवेशन अन्तरगत सोमबार सम्पन्न निर्वाचनबाट तीन वर्षे कार्यकालको लागि उद्योग उपाध्यक्ष भट्टराई निर्वाचित हुनु भएको हो। उद्योग उपाध्यक्ष पदमा ७७८ मत सहित सुरज भट्टराई निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नविनप्रसाद श्रेष्ठले ६७२ मत प्राप्त गर्नुभयो । नेपाल औषधि व्यावसायी संघ जिल्ला शाखा रुपन्देही का संस्थापक अध्यक्ष तथा ग्रेस फार्मास्यूटिकल्सका मेनेजिङ डाईरेक्टर  सनराइज मेडिसिन सप्लायर्सका संञ्चालक समेत रहनु भएको छ। यस्तै संघको अध्यक्षमा हरि…

१०३ प्रकारका एन्टिवायोटिक औषधी प्रयोग नगर्न विभागको निर्देशन

स्वास्थ्यसमाचार/औषधि व्यवस्था विभागद्वारा आज एक सुचना प्रकाशित गर्दै डब्लुएचओबाट सिफारिस नगरिएका १०३ प्रकारका एन्टिवायोटिक औषधी नेपालमा दर्ता तथा नविकरण नगरिने बताएको छ। श्बिश्व स्वास्थ्य संगठनवाट सुचिकृत सिफारिस नगरिएका १ सय ३ प्रकारका प्रतिजैविक औषधि नट रिकोमेन्डेट एन्टिवायोटिक्स)को सूची प्रकाशित गर्दै विभागले उत्पादन अनुज्ञापत्र, बजार विक्रि-वितरण प्रमाणपत्र, पैठारीदर्ता प्रमाणपत्र, पैठारी सिफारिस पत्र नबिकरण नगर्ने, सो समिश्रण उत्पादन गर्ने प्रयोजनार्थ कच्चा पदार्थको प्रमाणपत्र नबिकरण-परिमाण वृद्धि नगर्ने-नगराउने जनाएको हो। सुचनामा भनिएको छ ‘प्रतिजैविक प्रतिरोधलाई न्यूनीकरण गर्न, रोकथाम गर्न तथा नियन्त्रण गर्न नेपाल सरकारले प्रतिजैविक प्रतिरोधको विश्वब्यापी कार्य योजनासंग मेल खाने गरी “एक स्वास्थ्य”…

औषधिको गुणस्तरमा कसैसँग सम्झौता नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले औषधिको गुणस्तरमा कसैसँग सम्झौता नगर्न स्वास्थ्य सेवा विभागलाई निर्देशन दिएका छन् । औषधि व्यवस्था विभागले शुक्रबार राजधानीमा आयोजना गरेको विभागको २०७९ /०८० को समिक्षा बैठकलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले स्वास्थ्य सेवाको गुणस्तर मापनको केन्द्र औषधि व्यवस्था विभाग भएकोले यसले गुणस्तरमा कसैसँग पनि सम्झौता गर्न नहुने बताएका हुन । मन्त्री बस्नेतले भने, ‘ स्वास्थ्य उपचार औषधिको गुणस्तरमा भर पर्छ । विभागले गुणस्तर कामय राख्न परिक्षण र अनुगमनलाई प्राथमिकतामा राखेर अगाडि बढ्नु आवश्यक छ । जनताले गुणस्तरीय औषधि पाउनु पर्छ । ’ सिमित जनशक्ति र श्रोतको…

बुटवलका औषधी ब्यवसायी गंगा ढकाल आईतबार देखि सम्पर्क बिहिन

स्वास्थ्यसमाचार/बुटवलका औषधी ब्यवसायी गंगा ढकाल गएको आईतवारका दिन देखि सम्पर्क बिहिन भएका छन्। लामो समयदेखि बुटवलको मैत्रीपथमा औषधी पसल सन्चालन गर्दै आएका ५३ बर्षिय ढकाल शनिवार अपरान्ह घरबाट हिडेपछि खवर बिहिन भएको पारिवारीक श्रोतले जनाएको छ। पारिवारीक श्रोतका अनुसार ढकाल शनिवार सांझ बुटवलबाट चितवनको नारायणगढमा रहेको एक होटलमा बास बसेको खुलेको छ।आईतवार बिहान चितवनकै एक कुरीयर मार्फत आफुले लगाएका कपडा र आफुलाई अव नखोज्नु भन्ने सन्देश पठाएका थिए। पारिवारीक श्रोतका अनुसार मोवाईल फोन र घडी समेत घरमै छोडेर गएका ढकाल आईतवार सांझ सवा ७ बजे सबैभन्दा पछिल्लो पटक नारायणी नदिको…

फर्मासिष्ट विनै फार्मेसी चलाउनु भनेको ज्यान मारा काम हो : स्वास्थ्य मन्त्री बस्नेत

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले फर्मासिष्ट भन्दा फार्मेसीको संख्या बढी हुनु नपर्ने बताएका छन् । औषधि व्यवस्था विभागले यूएसएआईडीको सहकार्यका फर्मासिस्ट, सहायक फर्मासिष्ट व्यवसायीहरुका लागि कुशल फार्मेसी सञ्चय तथा भण्डारण अभ्यास सम्बन्धी क्षमता अभिवृद्घि तालिमको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले नेपालमा अहिले फर्मासिष्टको संख्या भन्दा फार्मेसीको संख्या बढी भएको दावी गर्दै फर्मासिष्ट विना फार्मेसी चलाउन नपाइने भएकाले यो बदमासी भएको बताएका हुन ।   मन्त्री बस्नेतले भने, ‘ यसरी फर्मासिष्ट विनै फार्मेसी चलाउनु भनेको ज्यान मारा काम हो । यस्ता फार्मेसीलाई अनुगमन गरी कारवाही गर्नेछौ । ’ केही…

अनुगमन आएको थाहपाएपछि औषधी पसललेहरु सटरलगाएर हिडे

स्वास्थ्यसमाचार/ सियारी गाउँपालिकामा रहेका औषधी पसल तथा स्वास्थ्य क्लिनिकमा अनुगमन आएको थाह पाएपछि सटर लगाएर हिडेका छन। अनुगमन समितीको संयोजक एवं उपाध्यक्ष तारा थारुको संयोजकत्वमा टोलि हिडेको थाहपाएपछि अमुवामा रहेको फार्मा सटर लगाएर हिडेको स्थानियले वताए । सियारी ७ अमुवा र कनरीमा रहेका ४ वटा विभिन्न स्वास्थ्य संस्थाहरुमा अनुगमन गरेको हो ।अनुगमनको क्रममा अधिकांश स्वास्थ्य संस्थाहरु गाउँपालिकामा दर्ता नभएका तथा नविकरण नभई संचालनमा रहेको पाईएको अनुगमन समिति संयोजक थारुले जानकारी दिईन । सियारीले शुरु गरेको अनुगमनलाई निरन्तरता दिने जनाउदै उपाध्यक्ष थारुले पहिलो पटक उनीहरुलाई सम्झाई बुझाई नैसियत दिएर आएको र…

साउन २१ देखी विमा उपचार सेवा बन्द गर्दै मिशन अस्पताल तानसेन

स्वास्थ्यसमाचार/युनाइटेड मिसन अस्पताल तानसेन पाल्पाले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत हुने उपचार स्थगित गर्ने भएको छ। करोडौँ बक्यौता रकम नतिरेको भन्दै स्थागित गर्न लागेको हो। यही साउन २१ गतेदेखि यो कार्यक्रम स्थगित गर्न लागेको हो। १२ करोड ८३ लाख ४२ हजार ७७३ रुपैयाँ ८ पैसा बाँकी बक्यौता रहेको अस्पताल प्रशासक जीवन भट्टराईले बताए। उनका अनुसार विगत तीन वर्षदेखिको बाँकी बक्यौता रकम स्वास्थ्या बीमा बोर्डले दिएको छैन। करिब १९ करोड मध्ये गत असार मसान्तमा ५ करोड दिएको उनले बताए। ७ करोड बराबरको मूल्यांकन भएकोमा २ करोड ५ लाख बिल भरपाई अस्वीकृत गरी रकम…

पश्चिम नवलपरासीमा २ दुई वटा औषधि पसल शिल

स्वास्थ्यसमाचार/पश्चिम नवलपरासीमा अवैध रुपमा संचालित दुई वटा औषधि पसल शिल गरिएको छ।जिल्लाको संयुक्त बजार अनुगमन समितिले मापदण्ड बिपरीत संचालन रहेका भन्दै प्रवेश उपचार केन्द्र र सन मेडिको औषधी पसलमा शिल गरेको हो। जनस्वास्थ्य जस्तो सवेदनशिल बिषयमा जिल्लामा रहेका फार्मेसी र क्लिनिक निश्चित मापदण्ड बिपरीत संचालन भएको गुनासो आएपछि संयुक्त बजार अनुगमन समितिले अनुगमन गरेको थियो। सोही अनुगमनका रामग्राम नपा(१८ को बन्जरियामा संचालित प्रबेश उपचार केन्द्रले कुनै पनि निकायको ईजाजतपत्र नलिई संचालन गरेको र बुद्धचोकमा रहेको सन मेडिको औषधी पसल संचालनका लागि मापदण्ड पुग्ने कुनै पनि कागजपत्र नभएकोले शिल गरिएको अनुगमन…