जोखीममा छौ साह्रै हामी जोखीममै छ परिवार, युद्धहामी लडेका छौंं बिना हतियार !

साहित्य विशेष

बुवा आमा दाजु भाई दिदी वहिनी सैंसाथी ।
दरजा अनुसारको ढोग बरिलै ।।
घुमिफिरी आउने यो रमाईलो तिजमा ।
वाधक बनिदियो रोग बरिलै।।

चर्चा भयो सबै तिर कोरोना कहरको।
सुनिदिनुस २, ४ कुरा नमानि झर्काे ।

दिन प्रतिदिन बढेका छन् रोगी र मृतक ।।
पिसीआरको दायरा बढाउ बनाउ पृथक।

स्वास्थ्यकर्मि, सुरक्षाकर्मि सबैभन्दा पहिले।।
जाँँच गरौंं साह्रै जोखीम छ नि अहिले।

नसोंंच्नु होला हजुर यिनलाई मात्र फाईदा हो।।
समुदाय जोगाउने गज्जव काईदा हो ।

अत्याबश्यक सेवा दिने स्वास्थ्य संस्थाको अवस्था
माक्स छैन पंञ्जा छैन कस्तो ब्यवस्था ।

ब्यबस्थापनमा ध्यान नदिने नेतृत्व गर्नेले।
गालीकुटाई खानुपर्ने स्वास्थ्यकर्मिले ।।

जोखीममा छौ साह्रै हामी जोखीममै छ परिवार।
युद्धहामी लडेका छौ बिना हतियार ।।

माग्या हैन जोखीम भत्ता लोभ देखायौ कस्तो हो।
बच्चालाई ललिपप देखाए जस्तो भो ।।

कोहिले पाए २ सय प्रतिशत कै को तलब काटियो।
सबै तिर एकरुपता  भए यहि नै जाति हो।।

अरु जस्तै घरमा बस्ने हाम्लाईनि मन हुन्छनी।
सामाजीक बहिस्कार गर्दा मन रुन्छनी ।।

घर भित्र बस भन्दा लखरलखर डुल्दीनी
मास्क नलगाउनी समाजीक दुरी भुल्दीनी।

बहिस्कार गर्ने आँँट गर्छौ वोक्र्रे भद्र हो ।
संक्रमित छन स्वास्थ्य कर्मि तिम्ले गर्दा हो ।।

सचेत रहौ महामारीले नबजाउने ढोलकी।
सानो मान्छे धेरै बोल्यो भन्नुहोला की ।।

लेखक राधिका खनाल, चिलिया हेल्थपोष्टमा रुपन्देहीमा कार्यरत छन ।

 

सम्बन्धित शिर्षक :