लायन्स भैरहवा ग्रिनसिटीले थाल्यो ‘तपाईको मास्क खोई’ अभियान

स्वास्थ्यसमाचार/ समुदायमा कोरोना संक्रमण बढिरहेकोबेला लायन्स क्लब अफ भैरहवा ग्रिन सिटिले भैरहवाको टोलटोलमा तपाईको मास्क खै भन्ने ब्यानर लगाउन थालेको छ ।

ग्रिनसिटिले सर्वसाधरणलाई सचेत गराउनेगरि मास्क लगाउनु अनिवार्य भएको भन्दै गरेको ब्यानरिङ अति नै महत्वपुर्ण रहेको लायन्स क्लब अफ ३२५ बिटू का स्ट्राटेजिक चिफ नवराज न्यौपानेले बताए ।ग्रिनसिटिका अध्यक्ष शिबनाथ गुप्ताले लकडाउन भएता पनि मान्छेहरु साझ र बिहानपख मास्क नलगाई बाटो र चौकतिर हुल बाधेंर हिडिरहेकोबेला उनिहरुलाई सचेत गराउने ढंगले मास्क लगाउन उत्प्रेरित गर्ने तरिकाले ब्यानरिङ गरिएको बताए ।

उनले भने, हामी सेवा गर्छौ भन्ने मूल उद्श्यकासाथ स्थापित लायन्स कल्ब अफ भैरहवा ग्रिनसिटिले कोरोना महामारिको बेला समुदायमा कोरोनाबाट बच्ने सचेतनामुलक कार्यक्रम अन्तरगत ब्यानरिङ गरिएको हो ।

भैरहवाको अन्चलपुर, ब्रमेलिटोल, लुम्बिनी रोड, मिलनचौक, मेउडिहवा मेडिकल कलेज, आखा अस्पताल, देवकोटा चौक, जनकपथ, एअरपोर्ट, बसपार्क, बेलहिया जस्ता अलि भिडभाड हुने ३० ठाउँ छनौट गरेर मास्क खै भन्ने ब्यानरिङ गरिएको क्लबका तृतिय उपाध्यक्ष मनोज क्षेत्रिले बताए ।

दिनहुं कोरोना संक्रमितको दर बढ्नुको मुल कारण हेलचेक्राईका साथ मास्क नलगाई हिडडुल गर्ने, स्यानिटाईजर प्रयोग नगर्ने र सामाजिक दुरि कायम नगर्नु भएको जनस्वास्थयको पनि निश्कर्ष भएकोले सरकारि अभियानमा हामिले हातेमालो गर्ने कोशिस गरेको क्लबका सदस्य कमल रायमाझिले बताए । उनले भने,कोभिडको लडाइमा ग्रिन सिटीको अभियान ।

बस्ती बस्तीमा पुराउ सचेतनाको ज्ञान । भन्ने नाराका साथ ग्रिनसिटिले अभियान थालेको छ ।लायन्स क्लब अफ भैरहवा ग्रिन सिटि केही दिन अगाडि क्यान्सर पिडित मनोज गिरिलाई ५१ हजार आर्थिक सहयोग गर्दै स्थापना भएको हो । ५३ सदस्य रहेको उक्त क्लबले कोभिड १९ को न्युनिकरणमा स्थानिय सरकार, प्रदेश सरकार, जिल्ला संकट ब्यवस्थापन समितिसंग सहकार्य गरेर काम गर्ने तयारि गरेको क्लबका प्रथम उपाध्यक्ष गोबिन्द प्रसाद गिरिले बताए ।

सम्बन्धित शिर्षक :