लुम्बिनी प्रादेशिक अस्पतालमा शिशु स्याहार कार्यक्रम सुरु

स्वास्थ्यसमाचार / नवजात शिशु स्याहारमा गुणस्तर सुधार ल्याउने उद्देश्यले लुम्बिनी प्रादेशिक अस्पतालमा ‘सुसार’ परियोजना सुरु भएको छ ।

नबजात शिशु मृत्युदर घटाउने उद्देश्यले परियोजना शुरु गरिएको गोल्डेन कम्यूनिटी परियोजनाले जनाएको छ ।परियोजनाले आज पत्रकार सम्मेलनको आयोजना गरि कार्यक्रमको उदेश्यवारे जानकारी गराएका छन ।

परियोजनाले गुणस्तरीय सेवा सुधार अन्तर्गत अस्पतालको विद्यमान मातृ तथा शिशु स्याहार सेवालाई ज्ञान सीप तथा प्रविधिहरु प्रयोगमा ल्याई नवजात शिशुको मृत्युदरमा कमी ल्याउने उदेश्यले परियोजना सुरु गरिएको आयोजक सस्था गोल्डेन कम्यूनिटीका श्रृजना शर्माले बताईन ।

प्रसुति सेवालाई प्रभावकारी ढंगले निगरानी गर्न, सेवा प्रदान गर्न तथा समयमै उचित निर्णय लिन सुसार कार्यक्रमले स्वास्थ्यकर्मीलाई सशक्त बनाउने परियोजनाको उदेश्य रहेको शर्माको भनाई छ ।

कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र प्रसाद खनालले परियोजनाले गुणस्तरीय सेवा सुधारमा अस्पतालमा थप सुधारकालागी सहयोगी बन्ने बताए । खनालले अस्पतालको सेवा सुधार र निगरानीमा संञ्चारकर्मिको भुमिका महत्वपुर्ण रहने बताए । उनले अस्पतला सबैको लागी सहज सेवा लिने ठाउ भएको बताउदै अस्पताल सुधार र थपसेवाका लागी आफुहरु लागी रहेको बताए ।
लुम्बिनी प्रादेशिक अस्पतालका स्त्रीरोग विशेषज्ञ डा श्रीधर आर्चाय,वालरोग विशेषज्ञ किरण मणि पौडेल वालरोग विशेषज्ञ डा नेत्र राना ले मातृ तथा शिशु स्याहार सेवालाई ज्ञान सीप तथा प्रविधिहरु प्रयोगमा ल्याई नवजात शिशुको मृत्युदरमा कमी ल्याउन यस्ता कार्यक्रम दिर्घकालिन हुनु आबश्यक रहेको बताउदै लुम्बिनी प्रादेशिक अस्पतालमा अस्पतालमा बिभिन्न समस्याका वाबजुतपनि प्रभाबकारी सेवा दिईरहेको बताए ।

लुम्बिनी प्रादेशिक अस्पतालको अघिल्लो हप्ताको प्रसुतिको अवस्था विश्लेषण गर्दा त्यस हप्तामा १सय४ जना शिशु जन्मिएका थिए। त्यसमा ४ जना आमाको पेटभित्रै बिग्रीएको अवस्थाका, ८ जना कम तौल भएका र ४ जनाले श्वास फेर्न नसकेको अवस्थाका रहेकोमा ४ जनालाई कृत्रिम स्वास दिइएकोमा ३ जना ठिक भएको डा. राजेन्द्र खनालले बताए।

ती जन्म दिएका शिशुका ९५ जनाले एक घण्टाभित्र स्तनपान गराएका थिए। नेपालमा हरेक बर्ष ६ लाख बच्चा जन्मिएकोमा ११ हजार शिशु मृत अवस्थामा जन्मिने र १३ हजार नवजात शिशु जन्मेको एक महिना नपुग्दै मर्ने गरेको तथ्यांक रहेको छ। करिब १७ प्रतिशत शशिुहरु जन्मेको पहिलो घन्टामा, ५७ प्रतिशत जन्मेको पहिलो दिनमा र ७९ प्रतिशत जन्मेको पहिलो हप्तामा मर्ने गरेको तथ्याक रहेको वालरोग विशेषज्ञ डा नेत्र रानाले बताए ।

उनले नवजात शिशुको मृत्युको कारणहरुमध्ये महिना नपुगी जन्मनु ३१ प्रतिशत, जन्मनासाथ सास फेर्ने नसक्नु २३ प्रतिशत र संक्रमण हुनु १९ प्रतिशत छ। नेपाल सरकारले नवजात शिशु मृत्युदर प्रतिहजार २१ लाई सन् २०३० सम्ममा प्रतिहजार जिवित जन्ममा १२ र मृत जम्ने शिशुको दरमा प्रतिहजार जन्मलाई १३ मा घटाउने सरकारले लक्ष्य राखेको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल ब्यबस्थान समितका अध्यक्ष सुर्य बहादुर भट्राईले यो परियोजनाले वाटो देखाईदिएको र यसलाई निरन्तरता दिने तरिकाले संञ्चालन गर्ने बताए । उनले अस्पतल सुधारका काम भैरहेको बताए ।

परियोजनाको संचालन गर्ने संस्था गोल्डेन कम्यूनिटीले लुम्बिनी प्रोदेशिक अस्पताल सहित सातै प्रदेशका ८ वटा अस्पताललाई लक्षित गरि कार्यक्रम सुरु गरेकोे छ । कार्यक्रम संञ्चालन लुम्बिनी प्रादेशिक अस्पतलका नर्सिड ईन्र्चाज ज्योती पौडेलले गरेकी थिईन ।

सम्बन्धित शिर्षक :