कोटहीमाई गाउँपालिकाले सरकारी बिद्यालयमा नर्स राख्ने

स्वास्थ्यसमाचार/ रुपन्देहीको कोटहीमाई गाउँपालिकाले आर्थिक वर्ष ०७७ ०७८ को लागि छोरी बीमा विशेष योजना ल्याएको छ ।छोरा वा छोरी दुवै बराबरी भन्ने मुल नारालाई सार्थक बनाउने उद्देश्यले छोरी बीमा कार्यक्रम ल्याइएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत नेत्र प्रसाद घिमिरेले बताए ।

गाउँसभामा नयाँ कार्यक्रम ल्याईएको घिमिरेले बताए । उनले गाउँपालिका अन्र्तगतका स्वास्थ्य संस्थाहरुमा सम्पूर्ण उपचारहरु निःशुल्क उपलब्ध गराइने ज्येष्ठ नागरिकहरुको उच्च रक्तचाप, क्यान्सर, मधुमेह, मुटु रोग, मृगौला सम्बन्धि रोग जस्ता स्वास्थ्य परीक्षण शिविर र सहायता सामाग्री वितरण कार्यक्रम समेत लागू गरिने कार्यक्रम ल्याएको बताए ।

त्यस्तै कोटहीमाई गाउँपालिका ५ मा रहेको मझगांवा प्राथमिक स्वास्थ्य केन्द्रलाई सबल बनाउने स्तरोन्नति गर्ने र आफ्नै फार्मेसी सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । नीजि स्वास्थ्य संस्थाहरुको प्रभावकारी अनुगमन र नियमन गरिनेछ गरि कार्यक्रम ल्याईएको गाउँपालिका अध्यक्ष चन्द्रभुषण यादवले बताए। उनले अवैध रुपमा सञ्चालित स्वास्थ्य संस्थाहरु बन्द गराइनेछ र प्रत्येक विद्यालयहरुमा एकजना अ.न.मी. राख्ने नीति ल्याइएको वताए ।

त्यस्तै गाउँपलिकामा सुत्केरी हुने महिलालाई स्वास्थ्य पोषण युक्त सन्तुलित आहारको लागि थप रु. १ हजारका दरले पोषण भत्ता उपलब्ध गराइने नीति तथा कार्यक्रममा ल्याईएको अधिकृत घिमिरेले बताए ।

सम्बन्धित शिर्षक :