स्वास्थ्यकर्मीको काटेको तलब फिर्ता गरियोस :नेपाल स्वास्थ्यकर्मी संघ

स्थानीय तथा प्रदेश तहमा स्वास्थ्यकर्मीको तलव काटेको फिर्ता गरियोस

स्वास्थ्यसमाचार/ नेपाल स्वास्थ्यकर्मी संघले स्थानीय तथा प्रदेश तहमा सरकारले गरेको पहिलो पत्र अनुसार स्वास्थ्यकर्मीको तलव काटेको फिर्ता गर्ने व्यवस्था मिलाउन सरकार संग माग गरेको छ ।

आइतबार नेपाल स्वास्थ्यकर्मी संघले विज्ञप्ती जारीगरि स्वास्थ्यकर्मीको काटेको तलव फिर्ता गर्नको लागि सरकार समक्ष माग गरेको हो ।सरकारले निर्णय गरि परिपत्र गरेको अवस्थामा पुन सोही निकायबाट निर्णय गरि पुन परिपत्र नगर्दा सम्म यसले कानुनी मान्यता पाउँदैन, विज्ञप्तीमा भनिएको छ स्वास्थ्य सेवा कर्मचारी वा स्वास्थ्यकर्मीहरुको तलव नकाट्ने भनी निर्णय गरी पुन परिपत्र गर्ने व्यवस्था नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरे द्धारा जारी बिज्ञेप्तीमा उल्लेख गरिएको छ ।

स्वास्थ्य सेवाका कर्मचारीलाई सरकारले मनोबल बढाउनका लागि कार्य विधि बढाई प्रोत्साहन भत्ता, विमा तथा अन्य सुविधा तत्काल उपलब्ध गराउनु पर्ने भएता पनि हालसम्म कुनै कार्य विधि मुर्त रुप नलिएको संघले जनाएको छ ।कार्य विधि बनाउँदा सरोकारवाला व्यक्ति र निकायहरुको उपस्थित नराइएकोले प्रति संघले मन्त्रालयको ध्यानआकषर्ण गराएको घिमिरेद्धारा जारी बिज्ञेप्तीमा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक :