बुटबलको कोरोना अस्थायी अस्पतालमा १० बेडको आईसियु निमार्ण

सवैको साझा प्रयासबाट कोरोनाको महामारीलाई जित्न सकिन्छ: मुख्यमन्त्री पोखरेल

स्वास्थ्यसमाचार/ बुटबलको कोरोना अस्थायी अस्पतालमा १० बेडको बुटवलको आईसियु निमार्ण भएको छ । गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको सहयोगमा (आईसियु) निर्माण गरिएको हो ।

आईसियु स्थापनामा करीव २ करोड लगानी भएको जनाईएको छ । आठ थान आईसूयीका बेड सहित आवश्यक ४ थान भेन्टिलेटर,८ थान मनिटर लगायतका उपकरणहरु मुटु अस्पतालले सहयोग गरेको जनाएको छ ।

आईसियुनिमार्णपछि मुख्यमन्त्री शंकर पोखरेलले अस्पताल निर्माणमा संघ संस्थाहरुले गरेको सहकार्य र सहयोगको प्रशंशा गर्दै सबैको साझा प्रयासबाट कोरोनाको महामारीलाई जित्न सकिने बताए ।

 

बुटवल उपमहानगरपालिकाको अगुवाईमा बुटवल उपमहानगरपालिका वडा नं १० रामनगर स्थीत औद्योगिक क्षेत्रमा बन्द अवस्थामा रहेको बुटवल धागो कारखानामा एक सय बेड क्षमताको छुट्टै आईसोलेसन अस्पताल संञ्चालन छ । यहा निर्मीत सघन उपचार कक्ष खाली रहने र अन्यत्र बिरामीको चाप भएर उपचार हुन नसक्नेख अवस्था रहे अन्यत्रबाट समेत बिरामी ल्याउने सोच प्रदेश सरकारको छ ।

उक्त आईसियु कक्षका लागि रुपन्देहीका संघ संस्थाहरुको सञ्जालले करीव ३५ लाख रुपैया सहयोग उपलब्ध गराउने तयारी गरेको छ भने अस्पतालका लागि आबश्यक ३० वटा अस्थायी शौचालय निर्माण व्यवसायी संघ रुपन्देहीले निर्माण गरिदिएको छ । उक्त अस्पतालका लागि आबश्यक पर्ने थप रकम बुटवल उपमहानगरपालिका, लुम्विनी प्रादेशिक अस्पताल र प्रदेश सरकारले उपलब्ध गराउने छन ।

यस क्षेत्रमा हालसम्म कोरोनाको संक्रमण भएको पुष्टि नभएको भएपनि कोरोनासंग मिल्दो जुल्दो लक्षण लिएर दैनिक चारपांच जना विरामी आउने गरेको र पाल्पाका बावुराम थापाको आईसियु अभावका कारण मृत्यु भएपछि आईसियु स्थापना गर्न दवाव परेको थियो ।

कोरोनाको संक्रमणको बढदो त्रासका कारण सम्भावित खतरा तथा छिमेकी देशमा फैलिदै गएको प्रभावलाई हेरेर पुर्व तयारी स्वरुप सघन उपचार कक्ष (आईसियु) निर्माण गरीएको लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सुर्य बहादुर भटराईले बताए ।

कोरोनाको त्रासमा रहेका बेला हुन सक्ने मानवीय क्षतीलाई कमगर्न सहयोग पुगोस भन्ने उदेश्यले ((आईसियु)) स्थापनामा उपकरणहरु सहयोग गरेको गौतमबुद्ध मुटु अस्पतालका अध्यक्ष एजाज आलमले बताए ।

सम्बन्धित शिर्षक :