नेपाल नर्सिङ संघले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक बिदा (शनिबार र आइतबार) लागू भइसकेकाले सम्पूर्ण स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूलाई पनि सो बिदा सुनिश्चित गर्नुपर्ने माग गरेको छ। संघले नर्सिङ जनशक्तिको अभावलाई कारण देखाएर बिदाबाट वञ्चित गर्न नपाइने स्पष्ट पारेको छ।
संघका महासचिव डा. देवका कुमारी आचार्य र अध्यक्ष एफ. चन्द्रकला शर्माद्वारा जारी विज्ञप्तिमा नर्सहरूको शारीरिक तथा मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै २ दिनको बिदा आवश्यक रहेको उल्लेख छ। यदि सेवा सञ्चालनमा जनशक्ति अपुग भए वैकल्पिक व्यवस्थापन गरी सेवा र बिदाको सन्तुलन मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरिएको छ।
नेपाल नर्सिङ संघ (नेपाल नर्सिङ संघ) ले यो व्यवस्था कार्यान्वयन गर्न सम्बन्धित निकायलाई जोडदार माग गरेको छ।


प्रतिकया दिनुहोस्