स्वास्थ्यसमाचार/ रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा बुधबार रक्तदान कार्यक्रम गरिएको छ । विद्यालयको ६७ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा ३९ जनाले रक्तदान गर्नुभएको कार्यक्रमका संयोजक विष्णु प्रसाद अर्यालले जानकारी दिनुभयो ।
बुटवल ब्लड बैंकका प्राविधिकहरु निरञ्जन राजभण्डारी, रोशन पुन र प्रिती थापाले प्राविधिक संयोजन गर्नुभएको थियो ।विद्यालयको सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रम गरिएको भन्दै विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीमा मानवीय सेवा भावको विकास गर्न यसले मद्धत गर्ने बताउनुभयो ।
रक्तदाताहरुलाई नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका महामन्त्री टेक बहादुर थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराइले सहभागिताको प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
यसैबीच, शान्ति नमुनाले वार्षिकोत्सव तथा अभिभावक दिवशको मुल समारोह माघ ९ गते गर्ने भएको छ । कार्यक्रममा छात्रवृति वितरण, शिक्षक तथा कर्मचारी सम्मान, पत्रकार सम्मान, नानी मुखपत्रको विमोचन, पुरस्कार वितरण, सांस्कृतिक प्रस्तुती लगायतका कार्यक्रम गरिने विद्यालयका सूचना संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।


प्रतिकया दिनुहोस्