स्वास्थ्यसमाचार/ सरकारले नेपाल मेडिकल काउन्सिलको रिक्त सदस्य पदमा दुई जना चिकित्सक नियुक्त गरेको छ । स्वास्थ्य मन्त्री डा. सुधा शर्माले बिहीबार मन्त्री स्तरीय निर्णय गर्दै मन्त्रालयका प्रबक्ता डा. प्रकाश बुढाथोकी र डा. ईन्द्र कुमार झालाई सदस्य पदमा नियुक्त गर्नुभएको हो ।
बुढाथोकी डेन्टलको तर्फबाट नियुक्त गरिएको हो । डा. झा भने वीर अस्पतालमा कार्यरत हुनुहुन्छ । झालाई मेडिकल समूहबाट नियुक्त गरिएको हो ।

प्रतिकया दिनुहोस्