स्वास्थ्यसमाचार / भिम अस्पताल भैरहवाकी नयाँ मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) रूपमा डा. वर्षा थापा नियुक्त भएकी छन्।
लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत ११ तहकी डा. थापालाई भिम अस्पतालको मेसु पदमा जिम्मेवारी दिएको हो। डा. थापा लुम्बिनी प्रादेशिक अस्पतालको डेन्टर बिभाग प्रमुख हुन ।
प्रदेश सरकारको सोमबार बसेको क्याबिनेट बैठकले यस निर्णयसँगै तत्कालीन मेसु डा. शकुन्तला गुप्ताको काज फिर्ता गर्ने निर्णय पनि गरेको जनाएको छ।
डा. गुप्ता २०८१ साल जेठ महिनामा भिम अस्पताल भैरहवाको मेसु पदमा नियुक्त भएकी थिइन्। काज फिर्ता भएपछि अब उनी पुनः लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत हुने भएकी छन्।

प्रतिकया दिनुहोस्