रक्त संचार केन्द्र बुटवलमा रगत अभाव, आकस्मिक रक्तदान हुँदै

रक्तदान गर्न इछुच्कले रक्त संचार केन्द्र बुटवलमा पुगेर आकस्मिक रक्तदान गर्न आह्वान

गोकर्ण ज्ञवाली (प्रकाश) \ स्वास्थ्यसमाचार अनलाईन | पछिल्लो समय बुटवल रक्त संचार केन्द्रमा रगत अभाव देखिएको छ | नियमित रक्तदानले रगत पूर्ति गर्न समस्या देखिएपछि बिभिन्न सामाजिक संघसंस्थाको सक्रियतामा आकस्मिक रक्तदान कार्यक्रम गरिएको छ |

सोहीक्रममा आज नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही र लामाखर्क समाज रुपन्देहीको आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको छ | बिहान ८ बजेदेखि शुरु भएको रक्तदान कार्यक्रम आज दिनभर चल्ने र जो कोही रक्तदान गर्न इछुच्कले रक्त संचार केन्द्र बुटवलमा पुगेर रक्तदान गर्न सक्ने नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले बताए |

रक्त संचार केन्द्र बुटवलमा रगत अभाव देखिएको र समाजका निवर्तमान अध्यक्ष कपिल ज्ञवालीको जन्मदिन पनि आजै परेकोले समाजको सक्रियतामा आज आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको लामाखर्क समाज रुपन्देहीका अध्यक्ष नारायण गौतमले जानकारी गराए |

कपिल ज्ञवाली नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका आजीवन सदस्य समेत हुन् | उनि सामाजिक कार्य एवं मानव जीवन बचाऔं अभियानमा लामो समय देखि जोडिदै आएका छन् |

अध्यक्ष गौतमले ५०-६० युनिट रगत संकलन गर्ने लक्ष्य राखिएकोमा बिहान मात्रै ४५ पोइन्ट रगत सङ्कलन भइसकेको जानकारी दिएका छन् | रक्तदान कार्यक्रम जारि छ |

सम्बन्धित शिर्षक :