स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निरोगिता र स्वस्थ जीवनयापनाका लागि योग तथा प्राकृतिक चिकित्साको क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन ।
बाँकेको कोहलपुरमा योग एवम् प्राकृतिक स्वास्थ्य समाजद्वारा सञ्चालित सामुदायिक आयुर्वेद तथा प्राकृतिक अस्पतालको मंगलबार अवलोकन गर्दै मुख्यमन्त्री आचार्यले सरकारले स्वस्थ जीवनशैलीको प्रवर्द्धनमा विशेष जोड दिएको स्पष्ट पारेका हुन ।
ञअस्तव्यस्त जीवनशैलीले मानव स्वास्थ्यमा समस्या देखा परेका छन् । विभिन्न रोग र स्वास्थ्य समस्याले प्रताडित हुनुपर्ने अवस्था छ । निरोगिता र स्वस्थ जीवनशैलीका लागि योग र प्राकृतिक चिकित्सा अत्यन्तै उपयोगी छन् । सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राखेको छ,झउनले भने ।
मुख्यमन्त्री आचार्यले प्राकृतिक चिकित्साको माध्यमबाट धेरै प्रकारका स्वास्थ्य समस्यालाई निर्मूल गर्न सकिने भन्दै यसलाई साझा प्रयत्नबाट अगाडि बढाउनुपर्नेमा जोड दिए ।
गत वर्षदेखि समुदायको सक्रियतामा सञ्चालनमा आएको उक्त अस्पतालबाट योग तथा प्राकृतिक उपचार सेवा प्रदान हुँदै आएको छ । लामो समयसम्म पनि निको नभएको नसा च्यापिएको समस्या, पेट तथा टाउको दुखाइ, पिनास, ग्यास्ट्रिकजस्ता रोगहरूलाई प्राकृतिक चिकित्सा विधिबाट निको पार्ने गरिएको छ ।
हाल अस्पतालमा दैनिक २० देखि २५ जना सेवा लिन आउने गरेका छन् । संस्थाका अध्यक्ष नमप्रसाद शर्माका अनुसार यहाँ १ जना चिकित्सक तथा १२ जना उपचारक गरी १३ जना कर्मचारी कार्यरत छन् ।
प्रतिकया दिनुहोस्