देवदहमा ग्यास्ट्रो सेन्टर बुटवलद्वारा विशेषज्ञ निःशुल्क पेट रोग शिविर

स्वास्थ्यसमाचार / ग्यास्ट्रो सेन्टर बुटबलले देवदह नगरपालिकाको अम्मर सिहमाविमा पेट रोगसम्बन्धी बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। स्वतन्त्र भुपु सैनिक कल्याणकारी परिवारको आयोजना तथा ग्यास्ट्रो सेन्टर बुटवलको प्राबिधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

शिविरमा ग्यास्ट्रो सेन्टर बुटवलका वरिष्ठ पेट, कलेजो, आन्द्रा तथा प्यान्क्रियाज रोग विशेषज्ञ डा. मोहन भुसाल सहित अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीले १६० भन्दा बढी बिरामीहरूको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरेको थियो।

शिविरमा १० जना बिरामीलाई इन्डोस्कोपी सेवा समेत प्रदान गरिएको डा. भुसालले जानकारी दिनुभयो।उहाँका अनुसार समाज प्रतिको उत्तर दायित्वअनुसार दुर्गम क्षेत्रमा सेवा पु¥याउने उद्देश्यले यस्तो शिविर सञ्चालन गरिएको हो। डा. भुसालले यस्ता शिविर अन्य जिल्लामा पनि सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो।

भुसालले यस बर्ष सुगम देखी दुर्गमका बस्तीमा विशेषज्ञ चिकित्सकसहित निःशुल्क शिबिर सञ्चालन गरेको बताउनु भयो । उहाले ग्यास्ट्रो सेन्टर बुटवलले बिगतका बर्ष जस्तै आगामी बर्षमा पनि निःशुल्क शिविरहरू सञ्चालन गर्ने बताउनु भयो । सैनिक कल्याणकारी परिवारका सदस्य तथा अन्य बिरामीले घर छेउमै विशेषज्ञ सेवा पाएकोमा खुसी ब्यक्त गरेका छन ।

सम्बन्धित शिर्षक :