स्वास्थ्य बीमा : जुनसुकै सूचीकृत संस्थाबाट सेवा लिन सकिने

स्वास्थ्यसमाचार/स्वास्थ्य बीमा बोर्डले बीमितलाई सेवा सहज बनाउन प्रथम सेवा विन्दु सम्बन्धी व्यवस्था परिमार्जन गरेको छ। अबदेखि बीमितहरूले बीमा दर्ताका बेला चयन गरेको एक मात्र सेवा विन्दुमा सीमित नहुने र नेपालभित्र जुनसुकै स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु तोकिएका सेवा प्रदायक स्वास्थ्य संस्थाबाट सेवा लिन सक्ने भएका छन्।

स्वास्थ्य बीमा ऐन, २०७४ र नियमावली, २०७५ मा भएको संशोधनअनुसार, आगामी आ/व/ २०८२र८३ को प्रारम्भसँगै मिति २०८२ सालको श्रावण १ गतेदेखि यो नयाँ व्यवस्था लागू भएको हो। यस परिवर्तनले बीमितलाई आफ्नो बसोबास वा भ्रमणको क्रममा जुनसुकै ठाउँमा रहे पनि नजिकको स्वास्थ्य बीमामा सूचीकृत स्वास्थ्य संस्थाबाट सेवा लिन सक्ने भएका हुन्।

यसअगाडि बीमितले बीमा गर्दा छनोट गरेको एक मात्र प्रथम सेवा विन्दुमा नै गई सेवा लिनुपर्ने बाध्यता थियो। यसले गर्दा देशका विभिन्न स्थानमा पुगेका बीमितहरूलाई सेवामा कठिनाइ हुँदै आएको थियो। निरन्तर आउने गुनासोलाई मध्येनजर गर्दै बोर्डले यो निर्णय लिएको अध्यक्ष चन्द्र थापा बताउँछन्।

उनले भने, यसअघि टाठाबाठाले रिफर पत्र मगाएर समेत सेवा लिन सक्थे भने आम नागरिक मर्कामा पर्ने गरेको अवस्था थियो। अब सबैले सहज रुपमा सेवा लिन पाउनेछन्। उनका अनुसार देशभर अनुमति प्राप्त सरकारी स्वास्थ्य संस्थाहरूले नै प्रथम सेवा विन्दुको रुपमा सेवा दिन सक्नेछन्।

सम्बन्धित शिर्षक :