नेपालगञ्जको सञ्जीवनी कलेज अफ मेडिकल साइसेन्सको सीईओमा डा. कनौडिया

स्वास्थ्यसमाचार/नेपालगञ्जको सञ्जीवनी कलेज अफ मेडिकल साइसेन्स प्रालिको प्रमुख कार्यकारी अधिकृतमा डा नितेशकुमार कनौडिया नियुक्त भएका छन् । सन् २०१४ मा काठमाडौं विश्वविद्यालय अन्तर्गत नेपालगञ्ज मेडिकल कलेजबाट एमबीबीएस अध्ययन सकेका डा। कनौडियाले सोही कलेजको सहायक निर्देशक भएर समेत काम गरिसकेका छन् ।

नेपाली युवा उद्यमी फोरम नेपालगञ्जका संस्थापक अध्यक्ष समेत रहेका डा कनौडियाले २०७२ सालको भूकम्पपछिको राहत कार्यक्रममा सक्रियतापूर्वक लागेका थिए ।

कोभिड महामारीमा ‘फिल द बकेट’ अभियान सञ्चालन गरेर नेपाल(भारत सीमामा स्वास्थ्य सेवा सञ्चालन गर्न मुख्य भूमिका निर्वाह गरेका थिए । उनी देशका विभिन्न दुर्गम पहाडी जिल्लामा स्वास्थ्य शिविर लिएर समेत पुगेका छन् ।

‘मानव स्वास्थ्य जस्तो संवेदनशील विषयमा अस्पताल व्यवस्थापन चुनौतीपूर्ण विषय हो,’ डा कनौडियाले भने, ‘मैले यो जिम्मेवारीलाई मानव सेवाका रुपमा लिएर अघि बढ्नेछु ।’

सम्बन्धित शिर्षक :