स्वास्थ्यसमाचार /तिलोत्तमा नगरपालिका वडा नम्बर ३ मा मातृत्व पोषण र स्वास्थ्य सेवाको प्रवर्द्धनका लागि विशेष कार्यक्रम सम्पन्न भएको छ।
वडाध्यक्ष तथा स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष कल्याण प्रसाद पौडेलको अध्यक्षता नगरप्रमुख रामकृष्ण खाँणको प्रमुख आतिथ्य तथा उप प्रमुख जागेश्वरी देबी चौधरीको बिशिष्ट आतिथ्यमा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख र उपप्रमुखले पोषणको महत्वमाथि चर्चा गर्दै विशेषतः सुत्केरी अवस्थामा नियमित अण्डा सेवनको फाइदाबारे जानकारी गराउनु भयो ।
उहाले नगरपालिको गर्भवती तथा सुत्केरी आमाहरूको स्वास्थ्यलाई बिषेश ध्यान दिदै यस्ता कार्यक्रम गरेको बताउनु भयो।नगर प्रमुख खाँणले चालु आर्थिक वर्षको साउन महिनादेखि सुत्केरी भएका महिलाहरुलाई एक क्यारेट अण्डा वितरण गरिएको वताउनु भयो। आगामी दिनमा घरभेटका क्रममा स्वास्थ्यकर्मीहरूले नियमित गर्भवती जाँच र संस्थागत सुत्केरी गराउने महिलाहरूलाई एक क्यारेट अण्डा उपलब्ध गराउने योजना रहेको जानकारी उहाँहरुले बताउनु भयो ।
कार्यक्रममा वडा भित्रका ८ जना महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकाहरूलाई स्वास्थ्य सामग्री, औषधि, तथा आवश्यक कागजात सुरक्षित राख्न एक÷एकवटा स्टील दराज प्रदान गरिएको छ।
यसले स्वयम्सेविकाहरूलाई थप प्रेरित गर्दै सामुदायिक सेवामा योगदान दिन प्रोत्साहन गर्ने वडाध्यक्ष कल्याण पौडेलले वताउनु भयो। उक्त कार्यक्रममा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सरस्वती बरालले धन्यवाद ज्ञापन गर्दै आफूहरूलाई अझ प्रोत्साहित गर्न अनुरोध गर्नु भयो।
कार्यक्रम वडास्तरीय बजेटबाट सञ्चालित भएको थियो, जसले मातृत्व पोषण र स्वास्थ्य सेवाको प्रभावकारी कार्यान्वयनमा टेवा पु¥याउने अपेक्षा गरिएको छ। कार्यक्रममा, स्वास्थ्य संस्था प्रमुख जनस्वास्थ्य निरीक्षक ठानेश्वर बस्यालले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
प्रतिकया दिनुहोस्