कार्यस्थलमा मानसिक स्वास्थ्य’ विषयक गोष्ठी युसिएमएसमा सम्म्पन

स्वास्थ्यसमाचार/१० अक्टुबर अर्थात् ‘विश्व मानसिक स्वास्थ्य दिवस’को अवसरमा यु.सि.एम.एस., शिक्षण अस्पताल, भैरहवामा ‘नशा तथा मानसिक रोग विभाग’को आयोजनामा निरन्तर मेडिकल शिक्षा (सि.एम.ई.) अन्तर्गत गोष्ठी सम्पन्न भएको छ । यस वर्षको अन्तर्राष्ट्रिय विषय ‘कार्यस्थलमा मानसिक स्वास्थ्य’ भन्ने विषयमा विभिन्न विज्ञहरुले कसरी काम गर्ने वातावरण मैत्रीपूर्ण, सम्मानजनक, अपनत्व महशुस गर्ने तथा सुमधुर बनाउने भन्ने विषयमा केन्द्रित भएर आफ्ना भनाईहरु राखेका थिए ।

कार्यक्रम यु.सि.एम.एस., शिक्षण अस्पताल, भैरहवाका ‘नशा तथा मानसिक रोग विभाग’ प्रमुख प्रा.डा.सन्दिप सुवेदीको सभापतित्व तथा यु.सि.यम.यस. शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस.को आतिथ्यतामा सम्पन्न भएको थियो । सो कार्यक्रममा मानसिक रोग विशेषज्ञ डा.अनमोल बन्धु कार्कीले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए डा.मोहम्मद नसिम अकरम मिकरानीले पनि बोलेका थिए ।

कार्यक्रममा कार्यपत्र प्रस्तोताको रुपमा मानसिक रोग विभागका आवासीय चिकित्सक डा.शैली श्रेष्ठले मानसिक स्वास्थ्यको महत्व, चुनौती र अवसर, विश्वव्यापीरुपमा यसलाई मनाइने कारण, कार्यस्थलमा मानसिक स्वास्थ्यको भुमिका र प्रभाव इत्यादिको बारेमा आफ्ना भनाई राखेकी थिइन् । यु.सि.एम.एस. शिक्षण अस्पतालका प्राचार्य प्रा.डा.लक्ष्मी पाठकले कुनै पनि व्यक्ति मानसिक रुपमा स्वास्थ्य नभए सम्म उसले आफ्नो काममा पूर्णरुपमा योगदान दिन नसक्ने हँुदा सबैले यसमा ध्यान दिन आवश्यक रहेको बताइन् ।

कार्यक्रममा सह–प्राचार्य प्रा.डा.हेमन्त हलुवाई, मेडिकल सुपरिन्टेन्डेन्ट प्रा.डा.साधन मुखी, मेट्रोन विष्णु गुरुङ्ग लगायतको उपस्थिति रहेको थियो ।
हाल विश्वमा करिब २० प्रतिशत मानिसहरु त्यसमा पनि बच्चा तथा किशोरहरु मानसिक स्वास्थ्य समस्याबाट ग्रसित छन् भने प्रत्येक वर्ष करिब ८ लाख मानिसहरु आत्महत्या गर्नको लागि प्रयासरत रहने गरेको छ।

सम्बन्धित शिर्षक :