बंगालदेशको मेडिकल विश्वविद्यालयमा राजदुत मिश्रलाई स्वागत

स्वास्थ्यसमाचार । ११ मङ्सिर । बंगलादेशमा चिकित्साशास्त्र अध्ययनरत नेपाली विद्यार्थीहरुको समस्या समाधान गर्ने प्रयासमा नेपाल सरकारले चाँसो देखाउँदै पहल शुरु गरेको छ ।

विश्वविद्यालयले दिनुपर्ने परिश्रमिक (स्टाईपेन्ड) आवास र अन्य समस्याको बारेमा गुनासो आईरहेको बेला सरकारले बंगलादेशका लागि नेपालका राजदूत डा बंशिधर मिश्र मार्फत समस्या समाधानको प्रयास थालेको हो ।

मंगलबार राजदूत मिश्र र बंगबंधु शेख मुजिब मेडिकल विश्वविद्यालयका उपकुलपति प्राडा कनक कान्ति बारुवाबीच भेटबार्ता भएको हो ।

उक्त भेटमा नेपाली आवासीय चिकित्सकका समस्याहरु बारे उपकुलपति बारुवासंग छलफल भएको र छलफलमा उपकुलपति बारुवा गम्भीर बनेको पनि राजदुत मिश्रले बताएका छन्।

त्यस्तै बंगलादेशका राष्ट्रपति अबदुल हमिदको दुई साता अघिको नेपाल भ्रमणको क्रममा पनि बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीको समस्याको बारेमा जानकारी गराइएको नेपाली चिकित्सक डा सम्राट पराजुलीले बताए ।

पराजुलीले भने ‘बंगबंधु मेडिकल विश्वविद्यालयमा एकसयको हाराहारीमा नेपाली चिकित्सकले एमडीएमएस एमडीएस गर्दैछन् । पछिल्लो पटकको सरकारी पहलबाट बिस्वबिद्यालयले सबै समस्या हल अवस्य गर्नेछ, हामी बिस्वस्त छौं’ ।

सम्बन्धित शिर्षक :