प्रधानमन्त्री ओलीलाई भेन्टिलेटरबाट हटाइयो, संक्रमण बढ्न नदिन अझै चिकित्सकको निगरानी आवस्यक

स्वास्थ्यसमाचार । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएसंगै भेन्टिलेटरबाट हटाइएको छ । अस्पताल श्रोतले प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै आएको बताएको छ । यद्धपि संक्रमण रगतमा पुग्ने खतरा बढ्ने हुँदा फैलिन नदिन चिकित्सकको निरन्तर निगरानी आवस्यक रहेको बताइएको छ।

त्रिवि शिक्षण अस्पताल स्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो। शल्यक्रिया गर्नुअघि नै एपेन्डिक्स फुटेर प्रधानमन्त्रीको पेटमा संक्रमण (पेरिटोनिटिस) भएको थियो। पेरिटोनिटिसले स्वासप्रस्वासमा समस्या निम्त्याउछ ।

हिजो नै थप उपचारको लागि प्रधानमन्त्री ओलीलाई भेन्टिलेटरमा राखेर चिकित्सकहरूले निरन्तर निगारानीमा राखेका थिए।

अहिले चिकित्सकहरूले संबेदनशील ढंगले उनको स्वास्थ्यको निगरानी राखिरहेको बताएका छन्  । एपेन्डिक्स फुटेर सामान्य मानिसलाई पनि पेटमा ‘इन्फेक्सन’ हुन्छ र समयमा उपचार नभए त्यो रगतमा सर्न सक्छ।

बाह्र वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्रि ओलीको शरीरको प्रतिरोधात्मक क्षमता कम छ। त्यसैले उनलाई चाँडै ‘इन्फेक्सन’ हुन्छ।
प्रधानमन्त्रीको स्वास्थ्यमा केही सुधार आएपछि बिहान करिब ८ बजे उनलाई भेन्टिलेटरबाट निकालिएको चिकित्सकहरूले बताएका छन्। उनको शरिरमा भएको संक्रमणको स्थितिको बारे चिकित्सकहरुले पुरा एकिन भैनसकेको बताएका छन् ।

सम्बन्धित शिर्षक :