स्वास्थ्यको पदस्थापनमा ‘भएको गडबडी’ छानविन हुने

स्वास्थ्यसमाचार/स्वास्थ्य मन्त्रालयले पदस्थापनमा भएको गडबडी छानविन गर्ने भएको छ । मन्त्रालयले केही दिनका लागि पदस्थापनको चिठी ‘डिस्प्याच’ गर्न समेत रोकेको छ ।

समायोजन पछिको पदस्थापनमा गडबडी भएको भन्दै नेकपा निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघको टोलीले मन्त्रालयमा पुगेर सहसचिव शिवराम न्यौपानेसंग छलफल गरेको थियो ।

टोलीले समायोजनमा स्थानीय तहमा पुगेकाहरुलाई संघमा ल्याइएको, सघंमा भएकाहरुलाई प्रदेशमा पठाइएको, स्थानीय तहमा पठाइएको भन्दै उजुरी सहित सहसचिवसंग छलफलमा बसेका थिए ।

‘हामीले २० वटा भन्दा बढी केश प्रस्तुत गरयौँ त्यसपछि वहाँहरु सहसचिवको टीम छानविन गर्ने र चिठी पठाउने क्रम रोक्ने आश्वासन दिनु भएको छ । हेरौँ के हुन्छ,’ टोलीका एक सदस्यले भने ।संघका उपाध्यक्ष रामबहादुर चन्दको अगुवाईमा गएको टोलीले सोही गुनासो लिएर अहिले सचिव खगराज बरालसंग भेट गर्दैछ ।नेपाली हेल्थबाट

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :