सुर्तिजन्य पदार्थको सेवनले नेपालमा वर्षेनी २७ हजार बढीको मृत्यु

तिलोत्तमा नगरभित्र सुर्तीजन्य पदार्थको बिक्री वितरणमा प्रतिवन्ध

स्वास्थ्यसमाचार/ नेपालमा सुर्तिजन्य पदार्थको सेवनले वाट वर्षेनी २७ हजार १३७को मृत्यु हुने गरेको छ।, जुन नेपालमा मृत्युको करीब १५ प्रतिशत रहेको हो यो अबस्थालाई मध्यनजर गरि तिलोत्तमा नगरपालिकाले सुर्तीजन्य पदार्थ सेबन रोक्नका विक्रीमा रोक लगाएको छ । नगर क्षेत्रलाई स्वस्थ र सरसफाइ राख्न यस्तो निर्णय गरेको नगर प्रमुख रामकृष्ण खाणले वताए।

नगरपालिकाद्धारा सञ्चालित समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित सरसफाइ अभियानको १०० औँ श्रृंखला पुगेको अवसरमा नगरप्रमुख खाणले सो घोषणा गरेका छन।उहाले यसबाहेक बातावरण तथा सरसफाईसंग जोडिएका अरु चार वटा घोषणा गर्नु भएको छ।

‘गुट्खा प्रकृतिका सुर्तीजन्य पदार्थको सेवनले जनस्वास्थ्यमा असर गर्नुका साथै सो बाट निस्कने फोहरले नगरको सौन्दर्यतामा समेत असर पारेकोले नगरबासीको स्वास्थ्य, शरही सौन्दर्य र बातावरणलाई ध्यानमा राखेर सबै प्रकारका गुट्खाजन्य पदार्थको बिक्री वितरणमा प्रतिवन्ध लगाइएको बताए।

उनले भने अव उप्रान्त नगरमा गुट्खाजन्य पदार्थको उत्पादन बिक्री बितरण र ओसार पसार गरेको पाइएमा स्थानीय कानून अनुसार दण्ड जरिवाना हुने भन्दै नगरबासीलाई जानकारी आग्रह समेत गरेका छन। नगरपालिकाले गुट्खाजन्य पदार्थको बिक्रीवितरणमा प्रतिवन्ध बाहेक अरु पशु दर्ता प्रणालीको शुभारम्भ, हर्न निषेधित नगरपालिका घोषणा, बातावरणमैत्री स्थानीय शासनयुक्त नगरपालिका निर्माणको अभियान, फोहरमैलाको बर्गीकरण गर्ने कार्य सुरुगरेको घोषणा गरेको छ।


कस्तो छ नेपालमा अबस्था सेबनबाट मृत्यु

नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट बार्षिक २७ हजार बढी नागरिकले ज्यान गुमाउने गरेका छन् । सरकारले यसको नियन्त्रणका लागि ऐन तथा कानूनको व्यवस्था गरेको छ । तर त्यसको कार्यान्व्यन पक्ष भने फितलो देखिदै आएको छ ।
केही स्थानीय तहले भने तिलोत्तमाले जस्तै सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि निश्चित क्षेत्रलाई निषेधित क्षेत्र गर्दै प्रयोगमा प्रतिवन्ध लगाउने निर्णय गरेका छन् ।

। सरकारले सुर्तीजन्य पदार्थको नियन्त्रण र रोकथाकमा लागि तीन वटा कानून ल्याएको छ । सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन –२०६८’, ‘सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) नियमावली –२०६८’ र ‘सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका –२०७१’ ल्याएको छ ।

सरकारले तीन वटै कानून ल्याएपछि ति कानून प्रभावकारी कार्यन्वयन नहुँदा सुर्तीजन्य पदार्थको रोकथाम र नियन्त्रण हुन नसकेको पाइएको छ । नेपालमा ती कानून आइसकेपछि पनि केही सुर्तीजन्य पदार्थको कमी आएतापनि उल्लेखनिय प्रगति हुन नसकेको बताइएको छ ।

पछिल्लो तथ्याङ्क अनुसार एक प्रतिशत मात्र सुर्तीजन्य पदाथको सेवनमा कमी आएको छ । केही वर्ष नेपालमा ३० प्रतिशत (५१.९ प्रतिशत पुरुष र १३ प्रतिशत महिला) मानिसले सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेकोमा अहिले आएर २८.९ प्रतिशत ( ४८.३ प्रतिशत पुरुष र ११.६ प्रतिशत महिला) पुगेको छ । पहिलो पटक धुम्रपान शुरु गर्दाको औषस उमेर १७.८ रहेको छ ।
ऐनको दफा ४ मा सार्वजनिक स्थलमा धूम्रपान तथा सूर्ति सेवन गर्न नपाइने उल्लेख छ ।

तर अहिले पनि सार्वजनिक स्थानमा धुम्रपान र सुर्तीसेवन गरिरहेको पाइएको छ । सोही ऐनको दफा ११ मा बिक्री वितरण तथा प्रदर्शनमा बन्देज व्यवस्थामा “कसैले पनि अठार वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई सूर्तिजन्य पदार्थ बिक्री वितरण गर्न वा गर्न लगाउन वा निःशुल्क उपलब्ध गराउन पाउने छैन” भन्ने उल्लेख गरिएको छ । तर अहिले पनि निर्वाध रुपमा जो कोहीले पनि सजिलै चुरोट किन्ने गरेको पाइएको छ ।

सोही दफाको उपदफा ३ मा “कसैले पनि शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, बृद्धाश्रम, अनाथालय लगायतका सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटरभित्रको घर, पसलबाट सूर्तिजन्य पदार्थ बिक्री वितरण गर्न गराउन पाउने छैन,” र उपदफा ४ मा पनि “कसैले पनि फुटकर रुपमा चुरोट, बिडी वा सिगारको खिल्ली बिक्री वितरण गर्न नपाउने,” उल्लेख गरिएको छ । तर यस विपरीत मानिसहरुले सुर्तीजन्य पदार्थको बिक्री विवरण गरिएको पाइएको छ ।

नियावलीको नियम ७ मा पनि उत्पादकले कम्तीमा २० खिल्ली अटाउने गरी चुरोट वा विडी प्याकेट वा बट्टा तयार गर्नुपर्ने उल्लेख छ तर केही चुरोट उत्पादक कम्पनीले १० खिल्ली भएको बट्टा पनि उत्पादन गरी बेचिरहेका छन् ।

सम्बन्धित शिर्षक :