स्वीकृत दरबन्दी, फाजिल, सरुवा, भई नगएका कारण विवरण माग

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफू मातहतका निकायलाई दुई दिनभित्र कर्मचारी विवरण पठाउन निर्देशन दिएको छ।

मन्त्रालयले पत्र लेख्दै मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यालयको स्वीकृत संगठन संरचना बमोजिम कर्मचारीहरूको पदपूर्ति सम्बन्धी विवरण माग गरेकोले सफ्ट कपीसहित मन्त्रालयको कर्मचारी प्रशासन शाखामा [email protected] मार्फत विवरण उपलब्ध गराउन निर्देशन दिएको हो।

स्वीकृत दरबन्दी, फाजिल, सरुवा, भई रमाना लिन बाँकी रहेको कारण लगाएत विवरण पठाउनुपर्ने शाखा अधिकृत बैकुण्ठराज रेग्मीद्धारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक :