स्वास्थ्यसमाचार लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा ईन्द्र ढकाल नेपाल स्वास्थ्य सेवा, सर्जरी समूह, अर्थोपेडिक सर्जरी उपसमूह, एघारौं तहमा बढुवा हुनुभएको छ।
लोक सेवा आयोगको विज्ञापन नं. १७१६४/०७९–८० (आ.प्र.), नेपाल स्वास्थ्य सेवा, सर्जरी समूह, अर्थोपेडिक सर्जरी उपसमूह, एघारौं तह प्रमुखकन्सल्टेण्ट अथोपेडिक सर्जन पदको माग पद संख्या १ (एक) का लागि लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि छनौट भएका ३ (तीन) जना मध्ये डा ईन्द्र ढकाल अन्तर्वार्ता र लिखित परीक्षा उत्ततिर्ण भई नेपाल स्वास्थ्य सेवा, सर्जरी समूह, अर्थोपेडिक सर्जरी उपसमूह, एघारौं तहमा बढुवा हुनुभएको हो।
ढकाल लुम्बिनी प्रादेशिक अस्पतालको मेसु हुनुहुन्छ ।
प्रतिकया दिनुहोस्