स्वास्थ्यसमाचार /अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसरमा बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सक–कर्मचारीहरु सहभागि प्रतियोगितामा १५ जनाले सहभागिता जनाएका थिए ।
अस्पतालको आयोजना तथा एएचएफको सहकार्यमा सो प्रतियोगिता गरिएको स्वास्थ्यकर्मी तथा कार्यक्रम संञ्चालक भिम ज्ञवालीले जानकारी दिए ।एचआइभी एड्सरयौनरोग र कण्डम बिषयक वक्तृत्वकला प्रतियोगितामा डा.शम्भु खनाल प्रथम,सोनी केसरी दोश्रो ,बसुन्धरा भुसाल तृतीय र बसन्ती कोइरीले सान्त्वना स्थान हासिल गरेका छन् ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि मेडिकल सुपरिटेन्डेन्ट डा.ईन्द्र ढकालले कण्डमको प्रयोगबारे अझैपनि केहि गलत धारणाहरु कायमै रहेको भन्दै ९८ प्रतिशत सुरक्षित अस्थायी साधन भनेकै कण्डम नै रहेको बताए ।
सो प्रतियोगितामा वरिष्ठ प्रसुती रोग बिशेषज्ञ डा. श्रीधर आचार्य, प्रशासन प्रमुख सुरेन्द्र भण्डारी,नर्सिङ ईन्चार्ज ज्योति पौडेल लगायतले निर्णायकको भूमिका निर्बाह गरेका थिए । उनीहरुले उत्कृष्ट चारै जनालाई प्रमाणपत्र,नगद तथा खादाले पुरस्कृत गरेका थिए ।
सो अवसरमा एएचएफ नेपाल कार्यक्रम संयोजक धर्मराज भट्टराईले आप्रवाशीहरु मार्फत नेपालमा एचआइभी संक्रमित धेरै भेटिएको बताए । उनले लुम्बिनी प्रादेशिक अस्पतालमा स्थापित एआरटी सेन्टरमा एचआइभी संक्रमितले नियमित औषधी सेवन गरिरहेको समेत जानकारी दिए ।नयाँ संक्रमित फेला परेका र संक्रमित आमा–बुबाबाट जन्मेका ९ जना शिशुमा एचआइभी संक्रमण नरहेको उनको भनाइ छ
एचआइभी संक्रमितका लागि निशुल्क औषधी वितरणका लागि नेपालभर ७८ वटा क्लिनिक र २२ वटा औषधी वितरण केन्द्र रहेका छन् ।विश्वमा तीन करोड ६९ लाख जनसंख्यामा एचआइभी संक्रमण रहेको तथ्याङ्क छ । एड्स हेल्थ फाउण्डेसन क्षेत्रीय कार्यालय बुटवलले एचआइभी संक्रमणको जोखिमबाट बचाउन लुम्बिनी प्रादेशिक अस्पतालबाट एक वर्षमा ५० हजार कण्डम बितरण भएको छ ।
प्रतिकया दिनुहोस्