नीतिगत अस्पष्टताका कारण स्वास्थ्यको समायोजन फेरी रोकियो

स्वास्थ्य समाचार/ स्वास्थ्यको समायोजन फेरी रोकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयबीचको नीतिगत अस्पष्टताका कारण समायोजन रोकिएको हो ।

गुनासो सम्वोधन लगायत केही नमिलेका विषय मिलाउनुपर्ने क्रममा सामान्य र स्वास्थ्य बीच प्रक्रिया नमिलेपछि थप छलफल गरी अघि बढ्ने भनेर समायोजनको कार्य स्थगित भएको हो ।‘स्वास्थ्यको समायोजन सुरु देखि नै अलि अलमलमा परे जस्तो भयो । तर पछिल्लो समय सामान्यले सबै जिम्मा स्वास्थ्यलाई दिएपछि केही गति लिएको थियो । तर यहि बेला दुई मन्त्रालयबीच केही कुरामा थप छलफल गर्नुपर्ने अवस्था आयो । यसैले अहिले समायोजनको काम रोकिएको छ,’ स्वास्थ्य मन्त्रालय स्रोतले भन्यो ।

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने समायोजन रोकिएको भन्ने विषयलाई नकारात्मक रुपमा नलिन आग्रह गरे । ‘रोकिएको भन्दा पनि दुई मन्त्रालयबीच थप केही छलफल गर्नुपर्ने र अधिकार प्रत्यायोजन गर्नुपर्ने देखियो । अहिले यसैमा लागिएको छ । र समायोजनमा खटिएको टोली सदस्यहरुले अहिले मन्त्रालयको अरु नियमित काममा व्यस्त भएका छन् । अरु काम पनि त गर्नुपरयो नि होइन र उनले भने ।

स्वास्थ्य समूहका करीब साढे २७ हजार कर्मचारीको समायोजन गर्न सरकारलाई निकै हम्मे परेको छ ।गत १५ असारमा सहसचिवको समायोजन तथा पदस्थापनको सूची सार्वजनिक गरेको स्वास्थ्यले त्यसयता केही गति लिएको थियो । तर पछिल्लो केही दिन यता सो गति पूर्ण रुपमा रोकिएको छ । नेपाली हेल्थवाट

सम्बन्धित शिर्षक :