प्रकृतिको एक गुन, बिरे नुन : स्वस्थ र सुन्दर शरीरको लागी लाभैलाभ !

ग्यास्ट्रिक, कोलोस्ट्रोल देखि उच्चरक्तचाप नियन्त्रणमा पनि उपयोगी !

स्वास्थ्यसमाचार | हामीले प्रायः खाने समुद्री नुनमा प्रदूषित पदार्थ हुन्छ । त्यसैले, यसलाई प्रशोधन गरिन्छ । प्रशोधन गर्दा पनि नुनमा विभिन्न विकार पदार्थ रहन्छन् । जसले शरीरमा समस्या सिर्जना गर्छ । हिमाली र पहाडी क्षेत्रका डाँडापहराबाट निकालिने प्राकृतिक बिरे नुनको प्रयोगले हाम्रो स्वास्थ्यलाई धेरै लाभ हुन्छ |

बिरे नुन बिभिन्न आयुर्वेदिक औषधिहरुमा मिश्रण गरेर पनि प्रयोग गर्न सकिन्छ | यसको प्रयोगले ग्यास्ट्रिक, कोलोस्ट्रोल, बाथ, पित्त, कफ आदिलाई नियन्त्रण राख्न मद्दत पुर्याउछ | पेट दुखेको,  झाडापखला लागेको, पेट ढुस्सिएको आदी बेलामा यसको प्रयोग बढी मात्रामा प्रयोग हुने भनियता पनि यसले उच्च रक्तचापका विरामीलाई निकै फाइदा पुग्छ |

पहिलेपहिले गाउँघरतिर घरका सानासाना केटाकेटीको पेट घोच्दा वा दुख्दा आफ्ना नानीहरूलाई बिरेनुन चुस्न दिने गर्दथे । खाना पचाउनमा बिरेनुनको महत्वपूर्ण भूमिका हुन्छ । विशेष गरि ग्यास्ट्रिक भएकाहरुले नियमित रुपमा बिरे नुनको प्रयोग गर्न आवश्यक छ । बिरेनुनमा सल्फर, आइरन लगायतका शरीरलाई आवश्यक खनिज तत्व प्रशस्त मात्रामा हुन्छ । जसको कारण मोटोपना, खराब कोलेस्ट्रोल, श्वासप्रश्वास सम्बन्धी समस्याबाट बचाउने काम गर्छ ।

त्यस्तै, यसको सेवनले मधुमेह, आर्थराइटिस, प्यारालाइसिस, एनिमिया, रक्तश्राव, कपाल झर्ने, जोर्नी दुख्ने र आन्द्रासम्बन्धी समस्या पनि नियन्त्रण गर्छ । यसले धातुबाट हुने असरबाट पनि बचाउँछ । त्यस्तै छालालाई नरम, स्वस्थ, सुन्दर राख्न पनि मद्दत गर्छ । यसको सेवनले कुष्ठरोग, एक्जिमा वा छालासम्बन्धी रोगबाट समेत टाढा रहन सकिन्छ ।

तातो पानीमा मिसाएर बिरे नुनलाई पिउँदा फाइदा पुग्छ भने मनतातो पानीमा बिरेनुनको मिश्रण गरी नुहाउँदा निकै लाभदायक हुन्छ । दाँत, गिजा, जिब्रो, घाँटी आदिमा समस्या उत्पन्न भएमा तोरीको तेलमा बिरेनुनको मिश्रण गरी सफा गर्न सकिन्छ । यसले दाँतलाई चम्किलो बनाउनुका साथै मुखसम्बन्धी अन्य समस्याबाट पनि मुक्त हुन सहज हुन्छ । दिसा पातलो हुने समस्या भएमा प्याजलाई मसिनो गरी काटेर बिरेनुन र कागतीको रस एक चम्चा मिसाई प्रयोग गर्दा तत्कालै राहतको महसुस हुन्छ ।

कालो नुनको प्रयोगले भोक बढाउँछ । खाना सजिलै पच्छ । यसैले शरीरले उर्जालाई राम्रोसंग प्रयोगगर्न पाउँछ । यदि कम भोक लाग्ने समस्या छ भने कालो नुनमा सलाद, दही, मोही, कागतीपानी संगै प्रयोग गर्न सकिन्छ । यसबाट शरीर पनि स्वस्थ राख्न सकिन्छ र सोडियमको मात्रा पनि बढ्दैन । त्यसैले बिरेनुनलाई स्वास्थ्यको लागि निकै नै लाभदायक मानिन्छ ।

 

सम्बन्धित शिर्षक :