विश्व होमियोप्याथीक दिवश : जानौं यो कस्तो उपचार पद्धति हो ।

होमियोप्याथीक जुनु थापा

अप्रिल १०, २०२१ । चिकित्सा पद्धति सन १७९६ मा जर्मनीका प्रसिद्ध एलोप्याथिक बिशिषज्ञ डा. क्रिश्चीयन फेडेरिक स्यामुयल हेनिमनले लामो समयको खोज अनुसन्धान पश्चात चिकित्सा क्षेत्रमा प्रतिपादन गरेको यो बिज्ञानलाई रोगको स्थायी रुपमा जराबाटै समाधान गर्न सक्ने उत्तर आधुनिक समयमा बिकास भएको चिकित्साको रुपमा हेरिने गरिन्छ ।

बिश्वकै दोस्रो ठुलो ब्यक्तिपरक उपचार मध्ये अति नै प्रभावकारी बैकल्पिक उपचार पद्धति हो । यस चिकित्सा पद्धति बिश्वकै सबैभन्दा बढी प्रयोग हुने बैकल्पिक चिकित्सा पद्धतिको रुपमा  बिकास भएको छ ।  जसरी मानवजीवनको जन्म सगै रोगहरुको पनि उत्पति भयो ।  जसको फलस्वरुप अहिले बिश्वभरि नै रोगोपचारका बिभिन्न पद्धतिहरुको बिकास र प्रयोग भइरहेको छ । त्यसमध्येको एक हो होमियोप्याथिक चिकित्सा पद्धति । एक रिर्पोटका अनुसार बिश्वमा लगभग २० प्रतिशत भन्दा बढी मानिसहरु होमियोप्याथि चिकित्सा पद्धतिद्धारा आफनो रोगको उपचार गराउनमा बिश्वास राख्दछन । होमियोप्याथिको लोकप्रियताको अनुमान यस तथ्यबाट पनि लगाउन सकिन्छ कि आफनो जन्मको २२५ बर्ष भित्र नै समुन्द्रको गहिराइलाइ पार गर्दै बिश्वको महत्वपुर्ण देशहरुमा फैलिएर जनस्वास्थयको बिकल्प बन्नेतर्फ अग्रसर छ । बिश्वमा कुनै पनि चिकित्सा पद्धति यस्तो छैन जसको औषधि उपचार बिधि सरल सस्तो सुरक्षित, पिडामुक्त एवम दुश्प्रभाव रहित होस ।

अन्य चिकित्सा पद्धतिको सिद्धान्त निश्चित छैन होमियोप्याथि नै एक मात्र चिकित्सा पद्धति हो जसको दर्शन र सिद्धान्त निश्चित छ । होमियोप्याथिक चिकित्सा पद्धतिमा रोग भन्दा पनि रोगी ब्यक्तिको उपचार हुन्छ । यस चिकित्सा पद्धतिमा रोगीको शारिरिक बनावट उसको आचार बिचार मनोभावना समेतलाइ मध्यनजर गरि औषधिको छनौट गरिन्छ । अहिले आएर बिश्वमा एलोप्याथिक चिकित्सा पद्धति गरिबको पहुचबाट टाढा हुदै गएको छ । त्यसैले कम खर्चिलो हुने भएको कारणले होमियोप्याथि उपचार आम मानिसको पहुचमा छ । होमियोप्याथिकले आफनो आबिष्कारको लगभग २२५ बर्षको अन्तरालमा रोग मुक्त समाजको स्थापनाको लक्ष्यलाइ प्राप्त गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेको छ । तर पनि होमियोप्याथिको सेवाहरुमा बिस्तारको असिमित सम्भावनाहरु बिद्धमान छन । खासगरि बिकासोन्मुख देशहरुमा स्रोत साधनहरुको पुर्णतय अभाव छ तिनै देशहरुमा सर्वसाधरणहरुको आर्थिक अवस्था न्युन छ । नेपालको स्वास्थ्य क्षेत्रमा होमियोप्याथि चिकित्साले २००७ साल देखि नै प्रभावकारि भुमिका निर्वाह गर्दै आइरहेको छ । डा. हेनिमनले बिश्वलाइ एउटा यस्तो चिकित्सा पद्धति दिएर गएका छन । जसको हाल सम्म कुनै बिकल्प नै छैन ।

सन १७५५ अप्रिल १० तारिकमा  जर्मनीको माइसेन भन्ने सहरमा पिता क्रिश्चयन गडर्पिmडिक हेनिमेन र माता जोहाना क्रिश्चयन स्याप्सीयनको कोखबाट होमियोप्याथिका जन्मदाता क्रिश्चयन फ्रेड्र्रिक सेमुअल हेनिमनको जन्म भएको थियो । उनको जन्म एकदम गरिब परिवारमा भएको थियो । उनका पिताले चित्रकारको काम गरेर आफनो परिवारको पालन पोषण गर्दथे । त्यहि गरिबिकै कारणले गर्दा हेनिमनको बाल्यकाल कठिन र संघर्षका बाबजुत बित्यो । अध्यन अध्यापन गर्नको लािग धैरै नै कठिन परिस्थितिको सामना गर्नु पर्यो। तर हुने बिरुवाको चिल्लो पात भने झै कुशाग्र बुद्धि र तिब्र प्रतिभाका धनि हेनिमनले २४ बर्षको उमेरमा एलोप्याथिमा एम. डि. को उपाधि हासिल गरेर ड्रेसडेनको अस्पतालमा सिविलसर्जनको पदमा रहि १० बर्ष सम्म सेवा गरे । डा. हेनिमन त्यस चिकित्सा पद्धतिसगं त्यति सन्तुष्टि थिएनन किनकि एलोप्याथिक चिकित्सा पद्धतिबाट एउटा रोगको उपचार हुनुका साथै शरिरमा कयौ नयाँ नयाँ रोगहरु उत्पन्न भइरहेका थिए । यसै बिच उनको छोरी बिरामी भईन राम्रो भन्दा राम्रो उपचार गरियो तर छोरीलाई बचाउन सकेनन् र सदा सदाका लागि आफनै छोरिलाई गुमाउन परेयो । यस घटनाले गर्दा उनको एलोप्याथिक चिकित्सा पद्धति बाट नै मोहभगं हुन गयो । यि सबै कुराहरुबाट दिक्कदार भएर हेनिमनले एलोप्याथि चिकित्सा कार्य गर्न छाडिदिए । हेनिमनले आफनो जिबिकोपार्जनको लागि चिकित्सा एवम बिज्ञानका पुस्तकहरुको बिभिन्न भाषामा अनुबाद गर्ने गर्दथे । उनलाई ग्रिक,लेटिन,अग्रेजि,जर्मन, लगायत धेरै भाषाको ज्ञान थियो । सन १७९० मा डा. कुलेनद्धारा लिखित मेटेरियामेडीका पुस्तकको अडंग्रेजि बाट जर्मन भाषामा  अनुबाद गर्ने क्रममा हेनिमनले सिन्कोना भन्ने औषधिको बारेमा जानकारी पाए । उनले सिन्कोना भन्ने औषधि मलेरिया ज्वरोको लागि महत्वपुर्ण औषधी हो भन्ने यिनलाइ थाहा भयो र आफनै शरिरमा सिन्कोनाको प्रयोग गरे त्यसपछि यस निष्कर्षमा पुगेकि जुन औषधिय प्रदार्थले स्वस्थ मानिसमा प्रयोग गर्दा जुन किसिमका रोग र लक्षणहरु उत्पन्न हुन्छन उहि औषधि त्यस्तै लक्षण भएका रोगि ब्यक्ति लाइ सुक्षम मात्रमा सेवन गराउनाले रोगको निदान गराउन सकिन्छ भन्ने कुरालाइ नै मनन् गर्दा गदै उनको मनमा सिन्कोना जस्ता अन्य औषधिय गुण भएका पर्दाथमा पनि रोगलाइ निर्मुल पार्ने शक्ति छ भनि ६ बर्ष सम्म अनबरत रुपमा आफनो शरिरमा धैरै किसिमका औषधिहरु परिक्षण गरे यसै परिक्षणले हेनिमनलाई (सम समं समयति) अर्थात जसले रोग उत्पन्न गर्दछ उसैले निको पार्छ भन्ने जनकारि भयो र उनले सहश रोगको सहश चिकित्सा भन्ने नया सिद्धान्त प्रतिपादन गरेर त्यसलाइ होमियोप्याथि नाम दिए ।

१८ औ शताब्द्धिको अन्ततिरको एउटा चमत्कारिक तर बैज्ञानिक चिकित्सा जगतको उपलब्धि । यसको चिकित्सा दर्शनले बिश्वलाइ एक नया चिकित्सा दर्शन दिएको छ । जसको कुनै बिकल्प छैन । होमियोप्याथिले स्वास्थ्य मिसनलाइ पुरा गर्नमा महत्वपुर्ण भुमिका निर्वाह गरेको छ । जसको परिणाम आज हामी सामु छ । होमियोप्याथि आज बिश्वको १०० औ भन्दा बढि मुलुकहरुमा प्रचलित छ । उल्लेखनिय कुरो के छ भने भारत, श्रीलंका, पाकिस्तान, नेपाल लगाएत आदि देशका स्वास्थ्य सेवामा पनि होमियोप्याथिलाइ समाबेस गरिएको छ । डा. सेमयुल हेनिमनले जन्मदिएको होमियोप्याथि चिकित्सा पद्धति बिश्वभर प्रचलित छ । डा. हेनिमनलाइ होमियोप्याथिका फादर भनेर १० अप्रिलमा उहाको जन्मोत्सव बिश्वभरि मनाइने गरिन्छ ।

होमियोप्याथिका जन्मदाता डा.हेनिमनको २६६औ जन्मजयन्ति तथा बिश्व होमियोप्याथिक दिवसमा बिभिन्न कार्यक्रमको आयोजना गरि बिश्वभर मनाइदैछ । नेपालमा पनि यो दिवस मनाउन थालेको धैरै बर्ष भैसकेको छ । जिवनको अन्तिम   क्षणमा पनि मानव सेवामा समर्पित डा. हेनिमनको सन १८४३ जुलाइ २ मा ८९ बर्षको उमेरमा उहाको निधन भयो । उहा बितेको धैरै बर्ष  भइसक्यो तर उहाले बिकास गररेको उपचार पद्धति सन्सार भर पुगेको छ । यस आधारमा भबिष्यमा डा. हेनिमनले बिकास गरेको होमियोप्याथि चिकित्सा पद्धति संसारको सबैभन्दा प्रभावकारि उपचारको रुपमा स्थापित हुनेछ ।

– लेखक मकालु स्वास्थ्य उपचार केन्द्र प्रा.लि.बुटवलमा कार्यरत होमियोप्याथिक जुनु थापाबाट हुन् ।

सम्बन्धित शिर्षक :