स्वास्थ्यमा लुम्बिनी प्रदेश २०७७ : कष्ट र त्रासमा गुज्रिएको वर्ष

नयाँ बर्ष वि सं. २०७७ साल सुरु हुँदा मुलुकमा लकडाउन भएको २० दिन पुगीसकेको थियो। विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण नेपालमा चैत्र ११ गतेदेखी लकडाउन सुरु भएको थियो। लकडाउनको कारण यो सालको पहिलो दिन घर भित्रै सिमित थिए। नयाँवर्ष उत्सव सामाजिका सञ्जालमा मात्र सिमित भएको थियो ।

नेपालभरमा केहीलाई कोरोना संक्रमण पुष्टी भएपनि २०७७ साल सुरु हुँदा लुम्बिनी प्रदेशमा भने संक्रमण देखिइसकेको थिएन। बैशाख १९ गते रुपन्देही र बाँकेमा एकै दिन संक्रमित फेला परे।

लुम्बिनी प्रदेशमा संक्रमणको सुरुवात भएको दिन १८ गते नै थियो। त्यसको पर्सिपल्ट बैशाख २१ मा बाँकेमा एकै पटक १५ जनामा कोरोना संक्रमण देखियो। त्यसपछि प्रदेशका सबै जिल्लामा कोरोना संक्रमण फैलियो । प्रदेशमा दिनमा सयौं संक्रिमित थपिँदै गए। लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा लगायतका ठाउमा कोरोना अस्थायी अस्पताल बनाईयो ।

जेठ ४ गते लुम्बिनी प्रदशमै पहिलो संक्रमितको मृत्यु भएको थियो । बाँकेको नरैनापुर क्वारेन्टाइनमा बसेका २५ वर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टी भएको थियो। त्यसपछि लगातार जसो मृत्युका खबरहरु सार्वजनिक भइरहे। असार महिनामा लकडाउन केही खुकुलो भएको थियो । त्यतिबेलासम्म बाहिरबाट आएका मानिसमा मात्र कोरोना संक्रमण देखीएको थियो । संक्रमण दरमा पनि कमि आएको थियो ।

साउनको अन्तिम हप्ता कोरोना संक्रमण समुदाय तहमै देखियो। जता ततै फैलियो। दिन प्रतिदिन संक्रमितहरु थपिँदै गए। असोज र कात्र्तिकमा संक्रमण दर ह्वात्तै बढ्यो। कात्र्तिकको पहिलो हप्ता मात्र लुम्बिनी प्रदेशमा सक्रिय संक्रमितको संख्या झण्डै ५ हजार थियो । यति बेला दैनिक ४ सयको हाराहारीमा संक्रमित थपिने गरेका थिए।

लकडाउनले व्यपार व्यवसाय ठप्प भएपछि सबै क्षेत्र प्रभावित भएको थियो । संक्रमण बढेपनि कात्र्तिक महिनाबाट लकडाउन खुकुलो भयो । लकडाउनसँग जुधेरै अघि बढ्ने भनेर व्यापार व्यवसायहरु सञ्चालनमा आए। पहिले संक्रमितको सम्पर्कमा आएका सबैजसोको पिसिआर परिक्षण हुने गरेपछि पछि लक्षण देखिएका व्यक्तीमा मात्र पिसिआर परिक्षण गर्न थालियो। त्यसले दैनिक रुपमा कोरोना संक्रमणको पुष्टी हुने दरमा कमि आयो।

मंसिर पछि जनजिवन सामान्य तर्फ हुन थाल्यो। सार्वजनिक यातायातहरु चल्न थाले, विद्यालयहरु पनि सुचारु भए। भेला गोष्टी सभाहरु हुन थाले । कोरोन संक्रमणबाट मृत्यु दरमा पनि कमी आएको थियो ।तर २०७७ साल सकिँदै गर्दा कोरोना संक्रमणले फेरी देश हल्लाएको छ। फेरी संक्रमण दर बढेको छ । मृत्युका घट्ना पनि पहिले जस्तै बाहिर आइरहेका छन्। सोमबार मात्र लुम्बिनी प्रदेशमा ९७ जना संक्रमित थपिएका छन्। ३ जनाको एउटै अस्पतालमा मृत्यु भएको छ। कोरोना संक्रमणको त्रास फेरी बढेको छ।

हाल सम्म प्रदेशमा कोरोना संक्रमणबाट २८ हजार बढी संक्रमित भएका छन्। सोमबार बेलुका सम्म ४ सय २० जनाको मृत्यु भएको छ। अहिले मात्र ४ सय ५० जना आइसोलेसनमा रहेको स्वास्थ्य निर्देशनालय बुटबलले जनाएको छ ।अन्य क्षेत्रमा जस्तै स्वास्थ्य क्षेत्र कष्टकर नै रहयो ।

२०७८ साल सुरुसंगै लुम्बिनी प्रदेशमा पनि कोरोना संक्रमिति बढन थालेका छन ।खुल्ला सिमाना र फितलो चेकचाजका कारण प्रदेशका पश्चिम नबलपरासी देखी रुपौडिया नाकासम्म आवात जाबत मा कडाई नगर्ने हो भने कोरोना गत बर्ष भन्दा बढी फैलीने संभाबना देखिन्छ गत बर्षको जस्तै निरासाजनक नबनोस २०७८ साल ।

सम्बन्धित शिर्षक :