सियारी गाउपालिकामा कोभिड-१९ अस्थायी अस्पतालको सेवा सुरु

स्वास्थ्यसमाचार /सियारी गाउपालिकामा कोभिड १९ अस्थायी अस्पतालको सुरुवात गरिएको छ । गाउँपालिकाको वाड नम्बर ७ पश्चिम् अमवाको अमवा स्वास्थ्य चौकीबाट सो सेवा सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

अस्पतालको गाउँपालिका अध्यक्ष अयोध्या थारुले उद्घाटन गरे । कोभिड अस्पताल सुरु भए संगै गाउँपालिकावासी तथा छिमेकी पालिकाका नागरिक समेतले अस्पतालबाट सेवा लिन सहज हुने गाउँपालिका अध्यक्ष अयोध्या थारुले वताए ।उनले भने स्वास्थ्य सेवा प्रभावकारी बनाउनका लागि गाउँपालिकामा जगत जननी कार्यक्रमको सुरुवात गरिएको छ ।

स्वास्थ्यलाई प्राथमिकतामा राखेर गाउँपालिकाले काम गरिरहेको गाउँपालिका उपाध्यक्ष अमृता गुरुङले वताईन। रोग लागेर उपचार गर्न भन्दा रोग लाग्न बाटो बच्न उपाध्यक्ष अमृता गुरुङले आग्रह गरिन ।

स्वास्थ्य सेवालाई प्रभावकारी बनाईने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मिन प्रसाद भट्टराईको भनाई छ । अस्पतालमा डाक्टर सहितको सेवा उपलब्ध गराईएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बुद्धि बहादुर घर्तिले वताए ।

गाउँपालिकाले जेष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिलाको परिक्षण, ल्यव सेवा, सुत्केरीहरुको सेवा, वार्थिङ सेवा, निःशुल्क औषधी वितरण र स्वास्थ्य सेवा लगाएत प्रदान गर्दै आइरहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बुद्धि बहादुर घर्तिले वताए ।

सम्बन्धित शिर्षक :