रुपन्देहीमा ३ जना कोरोना संक्रमितको मृत्यु

स्वास्थ्यसमाचार/ रुपन्देहीमा आज एकै दिन ३ कोरोना संक्रमितको मृत्यु भएको छ ।लुम्बिनी प्रादेशिक अस्पताल जिल्ला स्वास्थकार्यलयले दिएको जानकारी अनुसार बुटवलमा रहेको कोरोना विशेष अस्पताल, गौतमबुद्ध मुटु अस्पताल तथा सिद्धार्थनगर नगरपालिकामा होम आइसोलेशनमा रहेका गरी ३ जनाको मृत्यु छ।

बुटवलको कोरोना विशेष अस्पतालमा एक जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ८ का ७८ वर्षीय पुरुषको आज मृत्यु भएको हो । भदौ ४ गते अस्पताल भर्ना भएका ती ७८ वर्षीय पुरुषको ९ दिनदेखि भेन्टिलेटरको सहायतामा आइसियूमा उपचार भइरहेकामा आज मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । उनलाई डाईभेटिज तथा उच्च रक्क्तचापको समस्या थियो ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं.७ निवासी ६४ वर्षिया महिलाको बुटवलमा रहेको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा मृत्यु भएको छ । उच्च रक्तचाप, सुगर, मृगौला रोग र निमोनिया देखिएपछि उपचारको लागि अस्पतालमा भर्ना भएकी उनमा कोरोना संक्रमण देखिएको थियो । अस्पतालको आई.सि.यु.कक्षमा रहेको भेन्टिलेटरमा राखि उपचार भइरहेको उनको आज मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसैगरी सिद्धार्थनगर नगरपालिकामा होम आइसोलेशनमा बस्दै आएका संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदार शाहका सिद्धार्थनगर ८ का ती पुरुष मृगौला र क्यान्सरका रोगी थिए । मृगौलाले काम नगरेपछि चितवनकामा डाईगलोसीस गराउँदै आएका थिए । मृगौलाले काम गर्न छाडेपछि उनकोे मृत्यु भएको हो । यो सँगै रुपन्देहीमा शुक्रबार ज्यान गुमाउने संक्रमितको संख्या ३ पुगेको छ ।

सम्बन्धित शिर्षक :