एचआइभी न्युनीकरणमा रोटरी संग सहकार्य गरी काम गर्न सके उपलव्धिमुलक हुने

स्वास्थ्यसमाचार /रोटरी क्लव अफ बुटवलको १३ सय २२ औं बैठक शनिबार सम्पन्न भएको छ । भर्चुअल बैठकमा सहभागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका एआरटी ओआरटी शाखाका इन्चार्ज रुपलाल पन्थीले अस्पतालको स्वास्थ्यसेवाका बारेमा जानकारी गराउँदै आफ्ना भावी योजनाबारे प्रकाश पारेका थिए ।

उनले लुम्बिनी प्रादेशिक अस्पतालमा आफ्नो शाखाबाट एचआइभी÷एड्स संक्रमितको उपचार हुने गरेको र थुप्रै संक्रमितले यसबाट सेवा पाइरहेको भन्दै एचआइभी संक्रमण रोकथाम र न्युनीकरणका लागि सचेतना आवश्यक रहेको बताए । साथै उनले गत वर्ष एकहजार दुईसय ८२ जनाले एआरटी सेवा लिएको जानकारी गराउँदै स्वास्थ्यका क्षेत्रमा आफ्नो अनुभव पनि सुनाएका थिए ।

एचआइभी एड्स न्युनीकरणका लागि सामाजिक सचेतनामूलक कार्यक्रममा जोड दिनुपर्ने खाँचों औंल्याउँदै पन्थीले रोटरी जस्ता सामाजिक संघसंस्थासँग सहकार्य गरी काम गर्न सके थप उपलव्धि हासिल हुने बताए । बैठकमा सहभागी रोटरीयनहरुले स्वास्थ्य क्षेत्रका बारेमा लुम्बिनी प्रादेशिक अस्पतालका एआरटी÷ओआरटी इन्चार्ज पन्थीको अनुभव, चुनौती र समस्याबारे विभिन्न जिज्ञासा राखेका थिए ।

बैठकमा क्लबका अध्यक्ष सुनिल श्रेष्ठ, रोटरीयनहरु नारायणप्रसाद पन्थ, रोम शर्मा, दया भण्डारी, मणिकरत्न पाण्डे, शिवकुमार ज्ञवाली, मन्जु थापा, सावि विश्वकर्मा लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

सम्बन्धित शिर्षक :