कोरोना संक्रमित बढ्दै गएपछि २० गते सम्म लकडाउन थपियो

स्वास्थ्यसमाचार /सरकारले लकडाउन जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले २० जेठसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

मुलुकमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको र २ जनाको मृत्यु भइसहेको अवस्थामा कोभिड १९ उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकाल्दै सरकारलाई लकडाउन थप्न सिफारिस गरेको थियो ।

सम्बन्धित शिर्षक :