राष्ट्रिय चिकित्सक संघको पहलमा चीनबाट आयो मेडिकल सामग्री –प्रदेश सरकारलाई हस्तान्तरण

 स्वास्थ्यकर्मीको पनि परीक्षण गर्न आग्रह

स्वास्थ्यसमाचार/ कोरोना भाइरस (कोभिड–१९) महामारीका विरुद्ध उपचारत चिकित्सकहरुले स्वास्थ्य सामग्रीको जोहो गर्ने काममा पनि केन्द्रित भएका छन् ।

राष्ट्रिय चिकित्सक संघमा आवद्ध यहाँका चिकित्सकहरुले मित्र राष्ट्र जनवादी गणतन्त्र चीनको कान्तु प्रान्तसंगको सहकार्यमा जुटाएको स्वास्थ्य सामग्री मंगलबार प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ ।

राष्ट्रिय चिकित्सक संघ नेपाल लुम्बिनी शाखाले प्रदेश पाँच सरकारको समाजिक विकास मन्त्रालयलाई मंगलबार हस्तान्तरण गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल बढाइदिन आग्रह पनि गरेको छ ।

कोभिड–१९ का विरुद्ध संघर्ष गरिरहेको प्रदेश ५ सरकारलाई बिभिन्न राहत सामाग्री पठाएको थियो । मन्त्री सुदर्शन बराललाई कान्तु प्रतिनिधि डा.होङ हाङ, चिकित्सक संघका महासचिव सागर न्यौपाने, केन्द्रीय सदस्य सम्राट पराजुली, संघका शाखाका महासचिव सन्तोष पोखरलले उक्त सामग्री हस्तान्तरण गरेका थिए ।

२० हजार थान सर्जिकल माक्स र एक हजार थानर थप सामग्री जुटाउने काम जारी रहेको डा न्यौपानेले जानकारी दिए । कार्यक्रममा बोल्दै मन्त्री बरालले चीनकै भूमिलाई उदगम स्थल बनाएर कोरानो भाइरस फैलिए पनि आफु पीडामा रहेको अवस्थामा समेत चीन सरकारले विश्व समुदायमा देखाएको उदारता र सहयोग उच्च मुल्यांकन गर्ने खालको भएको बताए ।

चीन सरकारले भाइरस नियन्त्रणमा प्राप्त गरेको सफलताका लागि बधाई दिंदै मन्त्री बरालले चिनिया सहयोग सधैं कायम रहने बिश्वास ब्यक्त गरे । डा.हङले आफ्नै देशबाट कोभिड १९ को सूरुवात भएपनि चीन सरकार छिमेकी राष्ट्रहरुसंग सधैं संवेदशील रहेको बताए ।

राहतको संयोज गरेको नेकपा निकट नेपाल राष्ट्रिय चिकित्सक संघक महासचिव डाक्टर सागर न्यौपानेले कान्तु प्रान्त प्रदेश नम्बर पाँचसँग भागिनी सम्बन्ध राख्न चाहेको बताउंदै त्यही अनुरुप प्रान्तबाट सहयोग आएको स्पष्ट पारे । राहतका अन्य सामाग्रीहरु भन्सार छुटाउने प्रक्रियामा रहेकाले पछि हस्तान्तरण गरिने संघका केन्द्रीय सदस्य डाक्टर सम्राट पराजुलीले जानकारी दिए ।

स्वास्थ्यकर्मीको परीक्षण गर्न आग्रह यसैबीच चिकित्सकहरुले स्वास्थ्य उपचारमा खटिएका सबै स्वास्थ्यकर्मीलाई मनोबल बढाउन र संगसंगै स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन आग्रह गरेका छन् । स्वास्थ्य सामग्री हस्तान्तरण गर्न कार्यक्रममै चिकित्सक संघले फ्रन्टलाईनमा बसेर सेवा गर्ने स्वास्थ्य कर्मचारीहरुको यथाशिघ्र स्वास्थ्य परीक्षणको माग गरेका हुन ।

उनीहरुले संघ मार्फत समाजिक बिकास मन्त्री बराललाई ज्ञापन पत्र समेत बुझाएका छन् । भाइरसको संक्रमण नियन्त्रणका लागि विभिन्न क्वारेन्टाइन, आइसोशलन र अस्पतालहरुमा संक्रमित भएका, आशंका गरिएकाको परीक्षणका लागि खट्नुपर्ने सबै स्वास्थ्यकर्मीको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।

सो अवसरमा प्रदेशका माननीय तथा नेकपा प्रदेश स्वास्थ्य कमिटी संयोजक कृष्ण न्यौपाने, लुम्बिनी प्रादेशिक अस्पताल विकास समिति अध्यक्ष सुर्य भट्टराई, बुटवल उपमहानगरपालिकाका प्रतिनिधिलगायत सहभागी थिए ।

 

 

सम्बन्धित शिर्षक :