रुपन्देहीका कोरोना संक्रमित अस्पतालभित्रै नाचगानमा मस्त

स्वास्थ्यसमाचार / बुटवलस्थित धागो कारखानामा बनाइएको कोरोना विशेष अस्पतालमा भर्ना भएका नाचेर दिन कटाउने गरेका छन । जिल्लाको कोटहीमाई गाउँपालिकाका कोभिड १९ संक्रमित युुवा नाचेको भिडियो भेटिएको छ । गएको शुुक्रबार काठमाडौंमा उनको स्वाब जाँच गर्दा रिर्पोट पोजेटिभ देखिएपछि हस्पिटलको आइसोलेनमा भर्ना गरिएको थियो ।

अस्पतालका फोकल पर्सन डक्टर सुुदर्शन थापाले एक्लै अस्पतालमा बस्दा बस्दै दिन कटाउन गाह्रो भएपछि संक्रमति युुवा नाचेको पुुष्टि गरे । डा. थापाले भने, ‘एक्लै भएर बोर लाग्दो हो । नाचेका रहेछन । नाच्दा पनि सरीरलाई फाइदा नै हुुन्छ ।’ उनले उक्त भिडियो सिसिटिभी फुुटेज नभई संक्रमित युुवा नाच्दै गर्दा त्यहाँ कुुनै कर्मचारीले भिडियो खिचेको डा. थापाले बताए ।

कोरोना अस्पतालमा अहिले उनीबाहेक अन्य बिरामी छैनन । उनी पनि त्यही लगाइएको गीतमा नाचेका हुुन ।संक्रमित २५ वर्षिया युुवा लकडाउनको समयमा वैशाख ५ गते भारतबाट लुुकिछिपी प्रवेश गरेका थिए । उनमा कुुनै कोरोनाको लक्षण देखिएको छैन । उनको स्वाव परीक्षणका लागि काठमाडौं पठाइएको छ ।

सम्बन्धित शिर्षक :