कोरोना आशंकामा भीम अस्पतालको आइसोलेसनमा एक पुरूष

मंगलबार स्वाब परीक्षण गर्ने

स्वास्थ्यसमाचार/रुपन्देहीको मायादवी गाउँपालिका वडा नं १ का ५८ वर्षिय एक पुरुषलाई कोरोना भाईरस संग मिल्दोजुल्दो लक्षण देखिएपछि भैरहवास्थित भीम अस्पतालको आइसोलेशनमा कक्षमा भर्ना गरिएको छ ।

उनलाई विगत १२ दिनदेखि ज्वरो आउने र केही दिनदेखि खोकी, सास फेर्न ग्राहो हुने तथा पखाला लागेपछि आइसोलेसनमा कक्षमा राखिएको भीम अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बताए ।

सोमबार स्वास्थ्य परीक्षण गराउन अस्पताल आएका उनलाई भिबर क्लनिकमा परीक्षण गरेपश्चात कोरोना भाइरस को मिल्दोजुल्दो लक्षण देखिएपछि भिम अस्पतालको आइसोलेशन कक्षमा राखेर उपचार भइरहेको उपाध्यायले बताए ।

कोरोना संक्रमित भएको हो/होइन् त्यो पुष्टि गर्नका लागि ती व्यक्तिको स्वाब मंगलबार भैरहवाको अञ्चलपुरस्थित गहुँबाली अनुसन्धान केन्द्रमा रहेको कोरोना भाइरस परीक्षण प्रयोगशालामा पठाइनेछ रिपोट आएपछि मात्र भन्नसकिने बताए ।

सम्बन्धित शिर्षक :