स्वास्थ्यसमाचार/ कैलाली र रौतहटमा थप २ जनामा कोरोना भाइरसको संक्रमण देखिएसंगै नेपालमा कोरोना भाईरस संक्रमणको संख्या १४ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित कोरोना बिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कैलालीको लम्किचुहा नगरपालिका १ भरुवाकी ६५ वर्षीया महिलामा र रौतहटमा १९ वर्षिय पुरुषमा कोरोना देखिएको पुष्टी गरे ।
डा. देवकोटाले रौतहटको क्वारेन्टाइनमा रहेका युवामा कोरोना देखिएको र उनलाई अस्पताल लैजाने प्रक्रिया सुरु भएको बताए । संक्रमित महिलालाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको बताए ।
उनी गत चैत २८ गते कैलालीकै लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट घर गएकी थिइन्र दुई हप्तासम्म क्वारेन्टाइनमा बसेकी उनको र्यापिड डाइग्नोस्टिक टेष्ट किटबाट नेगेटिभ आएपछि उनी घर गएकी थिइन्।
तर घर गएको तीन दिनपछि पिसिआर रिपोर्टमा पोजेटिभ देखिएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको हो। उनलाई अस्पतालबाट खटिएका स्वास्थ्यकर्मीले एम्बुलेन्समा हालेर अस्पतालको आइसोलेसनमा लगेका हुन्।
र्यापिड किटमा नेगेटिभ र पिसिआरमा पोजेटिभ देखिएपछि यसर्ले यापिड किटको गुणस्तरमा थप प्रश्न उठाएको छ।मन्त्रालयले विश्व स्वास्थ्य संगठनले स्वीकृति नदिएको किट नेपाल भित्र्याएको हो। उक्त किटका विषयमा यसअघि नै प्रश्न उठको थियो। तर मन्त्रालयले गुणस्तरका विषयमा प्रश्न उठेको किट नै प्रयोग गरेको हो।
प्रतिकया दिनुहोस्