कोरोनाविरुद्ध नयाँ बर्षको १ मिनेट तालि बजाएर सम्मान

स्वास्थ्यसमाचार/ विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध सामुहिक रुपमा उत्रिनका लागि नेपालमा कार्यरत विभिन्न संघ संस्थाहरुले सामुहिक आव्हान गरेका छन् ।

नयाँ वर्ष २०७७ को शुभारम्भसँगै बैशाख १ गते बिहान ६ बजेको समयमा १ मिनेट तालि बजाएर सामुहिक रुपमा एक्यबद्धता जनाउनका लागि विभिन्न संघसंस्थाहरुले सबैलाई आग्रह गरेका हुन ।

यसरी आग्रह गर्नेमा नेपाल पत्रकार महासंघ,गैरसरकारी संस्था महासंघ नेपाल,लगायत विभिन्न महासंघ,संजाल र नागरिक संघ संस्थाहरुले आव्हान गरेको गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष जिताराम लामाले बताए ।

विश्वमा फैलिरहेको महामारी विरुद्ध नेपालमा अग्रपंक्तिमा कारोना विरुद्ध लडिरहेका चिकित्सक, स्वास्थ्यकर्मीहरु ,सुरक्षाकर्मीहरु,जनप्रतिनिधिहरु,कर्मचारीहरु, पत्रकारहरु समुदायस्तरमा स्वयंसेवकको रुपमा खटिइनुभएको व्यक्तिहरु र यो महामारीको प्रतिवाद गर्नका लागि नेपाल सरकारले गरेको लकडाउनको पालना गरेर घरमै बसिरहनु भएका सम्पूर्ण देशवासी नागरिकहरुप्रति उच्च सम्मान गर्दे आ–आफ्नो स्थानबाट १ मिनेट तालि बजाएर सम्मान गरिदिनुहुन आग्रह गरिएको छ ।

त्यसै गरी विभिन्न महासंघ,संजाल र नागरिक संस्थाका प्रतिनिधिहरु बीच पाँच मिनेट नेटवर्किङ्ग बैठक मार्फत सबै नागरिक सामु सूचना प्रवाह गर्नका लागि पनि आग्रह गरिएको छ ।

सम्बन्धित शिर्षक :