गुल्मीको धुर्काेट गाउँपालिकामा १सय वेडको क्वारेन्टाइन तयार

आबश्यक सामाग्री सबै पठाई सकियो अध्यक्ष भुपाल पोखरेल

दधिराम खनाल

गुल्मी १६ चैत्र /गुल्मी जिल्लाको धुर्काेट गाउँपालिकाले १सय वेडको क्वारेन्टाइन तयार गरेको छ ।गाउँपालिकाका ७ वटै वडामा १सय वेडको क्वारेन्टाइन तयार गरिएको हो ।

गाउँपालिका अध्यक्ष भुपाल पोखरेलका अनुसार वडा नं. १ को नयाँगाउँ माविमा १०, वडा नं. २ को ज्ञानोदय र गणेश माविमा २० वडा नं. ३ को निन्युखर्क र सोमरभोमरमा २०, वडा नं. ४ को पञ्चायन माविमा १०, वडा नं. ५ को धुर्काेट परमानन्द भण्डारी बहुमुखी क्याम्पसमा १०, वडा नं. ६ को धुर र इन्दिरा माविमा २० र वडा नं. ७ को वाग्ला माविमा १० गरि १सय वेड तयार गरिएको बताए ।

उनले क्वारेन्टाइनका लागि विस्तारा लगायतका सम्पूर्ण सामाग्री ७ वटै वडामा पठाइसकेको अध्यक्षले बताए। त्यस्तै स्वास्थ्यकर्मीको सुरक्षालाई ध्यान दिदै आवश्यक पर्ने विभिन्न सामाग्री समेत उपलब्ध भइसकेको पोखरेलले बताए ।

हालसम्म धुर्काेट परमानन्द भण्डारी बहुमुखी क्याम्पस वस्तुको क्वारेन्टाइनमा भारत बाट आएका ५ र निन्युखर्क मा.वि हाडहाडेमा भैरहवा वाट अएका ५ गरि १० जनालाई व्यवस्थित रूपमा क्वारेन्टाइनमा राखिएको छ ।

राखिएका सवैको स्वास्थ्य अवस्था सामान्य रहेका सि.अ.हे.व डिल्लिराज पराजुलीले बताए वस्तुको क्वारेन्टाइन निकै व्यवस्थित छ विस्तारा, डस्टविन, साबुन, बाल्टि तथा इन्टरनेट, रेडियो, बच्चा हरूका लागि खेलौना राखिएकोले उनिहरूले कुनै किसिमको मानसिक तनाव नलिएको पराजुलीले बताए। हाडहाडेको क्वारेन्टाइनमा समेत व्यवस्थित गरिएको छ । गाउँपालिकाले विभिन्न सङ्क्रमित देशबाट आउनुभएका व्यक्तिको पहिचान गरेको छ ।

जसमध्ये वडा नं. १ मा ४९ जना, २ मा ४० जना, ३ मा ११ जना, ४ मा १९ जना, ५ मा ३१ जना, ६ मा २९ जना र ७ मा २० जना गरि १९९ जना रहेका छन ।हालचालै आएका व्यक्तिलाई क्वारेन्टाइनमा राखिने र केही पहिला आउनु भएकाहरूलाई निगरानी गरि घरमै सुरक्षित रूपमा वस्नका लागि गाउँपालिकाले आग्रह गरेको छ ।
गाउँपालिकाले सबै वडामा खाद्यान्न संकट हुन नदिन तथा विपन्न परिवारको पहिचान गरि आवश्यक सहयोग गर्ने तयारी गरिरहेको गाउँपालिका उपाध्यक्ष शिब केसीले बताए ।

उनले अहिले कुन बाडमा कतिको संख्यामा रहेको छन तथ्याक संकलन भैरहेको छ । अब हामीले गाउँपालिका बाट तथा अन्य संघ सस्थाहरुसंग सहकार्यगरेर राहत बितरण गर्ने बताए ।

सम्बन्धित शिर्षक :