कोभिड-१९ अर्थात कोरोना भाईरस संक्रमणका विभिन्न चार चरणहरु

नेपाल वेलैमा सचेत छ, सावधानी जारीराखे भयावह स्थिति अवस्य टर्नेछ !

स्वास्थसमाचार अनलाईन ।

कोभिड-१९ अर्थात कोरोनाको संक्रमण हुने संभावनहरुलाई विज्ञहरुले विभिन्न चरणमा वर्गिकरण गरेको पाईएको छ । जसमध्ये केही मुख्य चार चरणहरुलाई तल उल्लेख गरिएको छ ।

पहिलो चरणमा बिदेशबाट आएका व्यक्तिहरुमा कोरोनाको संक्रमण देखिन सक्छ । कोरोना फैलन सक्ने पहिलो संभावनाका यी व्यक्ति विशेष निगरानीमा राखिनु जरुरी हुन्छ । यी व्यक्तिहरु विशेष स्वास्थ्य परिक्षण र कम्तिमा दुईहप्ताको निगरानी पश्चात अन्य व्यक्तिको सम्पर्कमा आउनु उचित हुने देखिन्छ ।

त्यस्तै दोस्रो चरणमा विदेशबाट आएकाहरुका परिवार, आफन्त वा सम्पर्कमा आएका व्यक्तिहरु कोरोनाको सिकार हुन सक्छन् । यो कुराले गर्दा कुनैपनि विदेशीएर आएको आफ्नो परिवारको सदस्य या पाहुनालाई यस्तो संक्रमणकालीन अवस्थामा विज्ञ स्वास्थ्यकर्मीको विशेष स्वास्थ्य निगरानीमा राखिनु उचित हुन्छ ।

त्यस्तै तेस्रो चरणमा न विदेशबाट आएका व्यक्ति न उनीहरुको सम्पर्कमा रहेका व्यक्तिसंगको हिमचिम, तर कुनै वस्तु या जनावरको माध्यमहुँदै फैलिएको कोरोना भाईरसको संक्रमण हुने अवस्था ।

साथै अन्तिम वा चौथो चरणमा महामारीकै रुपमा आफ्नो क्षेत्र वरपर कोरोनाको संक्रमण देखिनु, माध्यम जे सुकै होस् । यो चरणबाट उम्किन निकै कठिन हुनेछ ।

यी त केही चरणहरु भए जसमध्ये चौथो चरणमा चीन र इटली गुज्रीरहेको छन् । त्यस्तै भारत तेस्रो चरणमा प्रवेश गर्दैछ भने नेपाल पहिलो चरणमा छ।

कोरोनाबाट बच्न सतर्कता पहिलो प्राथमिकतामा पर्छ । भाइरस नयाँ भएको कारण चीनलाई भाइरसको बारेमा थाहा पाउनै झल्डै तीन हप्ता लाग्यो। त्यतिन्जेल यसले तेस्रो चरण पार गरिसकेको थियो।

त्यस्तै भाइरसको बिषयमा इटलीलाई अगाडि नै पूरा जानकारी भैसकेको थियो। इटली दूरिमा भर परे। एशियामा फैलिएको हो, यूरोपमा हामी छौं,- भन्ने नै इटलीको ठूलो भ्रम भयो। साथै जनताले पनि सजगता, पूर्व तयारी र सरकारले भनेको कुनै पनि आदेशको सहि पालना गरेनन्। यसकारण इटलीसंग पहिलो चरणमै Corona रोक्ने सामर्थ भएता पनि उसको हेलचेक्र्याईं र अनआज्ञाकारीताको कारण पहिलो चरणबाट एकै पटक चौथो चरणमा पुग्नु पर्यो।

भारत पनि भाइरसको बिषयमा पूर्ण जानकार छ। यसलाई रोक्न पूर्ण रूपले लागिपरेको पनि छ। तर इटलीको जनताले झैं भारतीय जनताले पनि केही अटेरिपन र हेलचेक्राईं गरे, आज भारत तेस्रो चरणबाट गुज्रिरहेको छ ।

त्यस्तै नेपाल विश्वलाई देख्दै, सुन्दै अघि बढ्दैछ । भाइरसको बिषयमा जानकार पनि छ, पहिलो चरणसंगै झस्किरहेको छ । सजगता, पूर्व तयारी र सरकारको आदेश पालन गर्ने हो भने यो पहिलो चरण पार गर्नु नपर्ला । यो कुरा जान्दा जान्दै भाईरसलाई चानचुने सोंचेर या भाईरस ढ्वाङ फुक्दै मात्र आफ्नो गाऊँ ठाऊँमा आउँछ ठानेर घर वाहिर सडकमा लखर लखर डुल्न निस्किन कुद्न थाल्यौं भने भाईरस न हाम्रो अग्लो सगरमाथामा टक्कराएर फर्किन्छ, न हाम्रो विरताको गाथा सुनेर फर्किन्छ, हाम्रो नामोनिसान मेट्नेगरी आउनेछ । स्वास्थ्य क्षेत्रमा नेपालभन्दा धेरै अगाडि छलाङ मारेको चीन र इटली त वर्तमान अबस्थामा चौथो चरणमा गुज्रिरहेका छन् भने हाम्रो अवस्था कसरी वर्णन गरिसाध्य होला र ।

पछिल्लो पटक ईटली, भारत,अमेरिका आदिको स्थिती डरलाग्दो बन्दै गएको छ। यसले हामीलाई दोस्रो र तेस्रो चरणसंग भिड्न धेरै नै गाह्रो हुने संकेत गरिसकेको छ । त्यसैले हामीले कोरोनालाई पहिलो चरणमै हराउनु राम्रो हुनेछ। र यो सोचें भन्दा सजिलो पनि छ।

यसको लागि हामीले वर्तमान लकडाउनलाई पूर्ण पालना गरौं । साथै लकडाउन र कर्फूको पालन गरौं । घरबाट बाहिर निस्कँदै ननिस्कौं । हात साबुनपानीले बारम्बार धोईराखौं । बाहिर निस्कनु अतिआवस्यक परे मास्कको प्रयोग गरेर हिडौं । सहि सुचना मात्र लिने र दिने गरौं । भिड र हुलमा नजाऔं, नबनाऔं । खोक्दा, ह्याछिउँ गर्दा हात या रुमालले राम्रोसंग मुख छोपौं । कोरोनाको लक्षण देखिएको शंका लागेमा चिकित्सकलाई भेटौं ।

सम्बन्धित शिर्षक :