घरभित्रै जलेको अवस्थामा भेटिइन् पूर्व प्रधानमन्त्रीकी पत्नी

स्वास्थ्यसमाचार/ पूर्व प्रधानमन्त्री तथा नेकपा (एस) सम्मानित नेता झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकार आगोमा जलेकी छन् । आन्दोलनरत् युवाहरुले घरमा लगाएको आगोमा परेर उनी जलेकी हुन् ।

हिजोदेखि सडकमा उत्रिएका युवाहरुले आज बिहानैदेखि डल्लुस्थित खनालको घरअघि नाराबाजी गरेका थिए । आन्दोलनकारीले तोडफोड गर्ने संकेत देखिएपछि सुरक्षाकर्मीले खनाल दम्पतीलाई पछिल्लो गेटबाट निकालेको बताइएको थियो ।

त्यसको केही समयपछि आन्दोलनकारीले घरमा आगो लगाएका थिए । तर, खनालकी पत्नी चित्रकार भने घरभित्रै जलेको अवस्थामा भेटिएकी छन् । उनको अवास्थाबारे केही थाहा हुन सकेको छैन ।

सम्बन्धित शिर्षक :