महानिर्देशक नियुक्तीमा नेपाल जनस्वास्थ्य सघ प्रदेश ५को बधाई

स्वास्थ्यसमाचार / स्वास्थ्य सेवा विभागको महानिर्देशकमा महेन्द्र श्रेष्ठलाई नियुक्ती गरेको भन्दै नेपाल जनस्वास्थ्य संघ प्रदेश नं ५ ले पहिलो पटक बिभागीय प्रमुख हेल्थ इन्स्पेक्सन समुहबाट जिम्मेवारी आएकोमा स्वास्थ्य सेवा ब्यबस्थापन्, थप प्रभाबकारी, गुणस्तरीय र पारदर्शी हुने अपेक्षा सहित बधाई र शुभ-कामना ब्यक्त गरेको छ ।

बिज्ञप्ती मार्फत नेपाल जनस्वास्थ्य संघ, प्रदेश ५ का अध्यक्ष बिशाल सुवेदीले नेपाल जनस्वास्थ्य संघका आजिबन सदस्य, प्रदेश ५ को प्युठान खलङा निबासी महेन्द्र श्रेष्ठलाई नेपाल स्वास्थ्य सेवाको सर्बोत्कृस्ठ तह १२ औ तह, “प्रमुख बिशेसज्ञ” पदमा बढुवा हुनु भएकोमा बधाई तथा शुभकामना ब्यक्त समेत गरेका छन ।

श्रेस्ठ नेपाल स्वास्थ्य सेवाको तल्लो पद अ.हे.व., चौथो तह देखी सरकारी सेवा प्रबेश गरी हाल बिभिन्न पद हुँदै प्रमुख बिशेसज्ञ सम्म पुगेका छन । हाल नेपाल सरकार मन्त्री परिषदको निर्णयानुसार श्रेष्ठसँगै डा. रोशन पोखरेल र डा. दीपेन्द्ररमण सिंहको बढुवासँगै स्वास्थ्यका तीनवटा प्रमुख विशेषज्ञ पद पूर्ति भएको छ ।गत भदौदेखि मन्त्रालय प्रमुख विशेषज्ञविहीन थियो ।

श्रेष्ठ, पोखरेल र सिंह तिनै जना सोमबारको मन्त्रिपरिषदको निर्णयबाट १२औं तहमा बढुवा भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दुई ओटा सचिब रहने गरी दर्बन्दी रहेकोमा १२ औ तह बढुवा भए सँगै रिक्त रहेको १ जना सचिबको जिम्वेवारी अब १२ औ तह मध्यबाट कस्ले पाउने भन्ने जिज्ञाशा सबैमा आएको छ ।

उता नेपाल चिकित्सक सङ्घले गैर चिकित्सकलाई महानिर्देशकको जिम्वेवारी दिएकोमा बिज्ञप्ती मार्फत बिरोध जनाएको छ । स्वास्थ्य सेवाको बिशिस्टिकृत तह ब्यबस्थापकीय र प्रशासकिय पद हुने र जुन सचिब सरह प्रमुख बिशेसज्ञका रुपमा रहने हुनाले स्वास्थ्य सेवा ऐनमा १२ औ तह लाई समूहकृत गरिएको छैन् ।

स्वास्थ्य सेवाको जुन सुकै समुहको ब्यक्ती पनि त्यो जिम्वेवारीमा पुग्न र बहन गर्न सक्ने हुँदा जे भएको छ नियम सँगत रहेको नेपाल जनस्वास्थ्य सङ्घ प्रदेश ५ का अध्यक्ष सुबेदीले बताए ।नेपाल स्वास्थ्य सेवामा हाल बिभिन्न २९ वटा समुह रहेका छ्न ।

 

सम्बन्धित शिर्षक :