एजेन्सी /रुसले क्यान्सर बिरुद्धको खोप विकास गरेको दावी गरेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले क्यान्सर विरुद्धको खोप विकास गरेको दावी गरेको हो । उसले सो खोप क्यान्सरका बिरामीहरुलाई निशुल्क उपलव्ध गराउने बताएको छ ।
मन्त्रालयका रेडियोलोजी मेडिकल रिसर्च सेन्टर प्रमुख एन्ड्रे काप्रिनले क्यान्सर विरुद्धको यो खोप सन् २०२५ को सुरु देखि प्रारम्भ हुने बताएका छन् ।उनका अनुसार अहिले विकास गरिएको खोप क्यान्सरका बिरामीको उपचारमा प्रयोग हुने बताइएको छ । क्यान्सर रोग लाग्न नदिनका लागि भने होइन ।
रुसी सरकारका वैज्ञानिकहरुले पश्चिमा देशहरुमा विकास भइरहेको क्यान्सरविरुका अन्य खोप जस्तै यो खोप पनि प्रत्येक बिरामीका लागि दिने गरी व्यवस्था मिलाउन सुझाव दिएका छन् ।
क्यान्सर विरुद्धको खोप विकास भइसकेको भए पनि यो कुन क्यान्सरको उपचारका लागि बनाइएको हो र कत्तिको प्रभावकारी छ भनेर हालसम्म स्पष्ट छैन । यस्तै खोपको नाम पनि खुलाइएको छैन ।
त्यसो त रुसमा पनि विश्वका अन्य देशमा जस्तै क्यान्सर रोगको दर बढ्दै गएको छ ।सन् २०२२ मा रुसमा ६ लाख ३५ हजार भन्दा बढी केश रेकर्ड गरिएको थियो । त्यसमा कोलोन, स्तन र फोक्सोको क्यान्सर बढी देखिएको छ ।
प्रतिकया दिनुहोस्