सिद्धार्थ बाल तथा महिला अस्पतालका निर्देशक डा.पराजुली नियुक्त

स्वास्थ्यसमाचार/ सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)को कार्यकारी निर्देशक परिवर्तन भएका छन। बरिष्ठ बालरोग विशेषज्ञ डा बिनोद पराजुलीलाई २ बर्षको लागी कार्यकारी निर्देशकमा नियुक्त गरिएको छ।

आम्दा नेपालका अध्यक्ष डा सुनु दुलालले दिएको जानकारी अनुसार २ बर्षको लागी डा बिनोद पराजुलीलाई सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)को कार्यकारी निर्देशकमा नियुक्त गरिएको बताउनु भयो।

उहाले अस्पतालमा २ बर्षको लागी कार्यकारी निर्देशन नियुक्ती हुने भएकोले अहिलेका निर्देशक डा राजेन्द्र बस्यालको अबधि सकिएपछि उहाँलाई नियुक्ती गरिएको बताउनु भयो। आम्दा अस्पतालमा डा बस्यालले २ कार्यकाल निर्देशक भएका छन भने डा पराजुली पनि यसभन्दा पहिले आम्दा अस्पतालको निर्देशक भएको उहाले बताउनु भयो।

अहिलेका निर्देशक डा पराजुली बालरोग बिशेषज्ञ हुनुहुन्छ । आम्दा अस्पताल बुटबलमा १९९८ वाट सुरु भएको थियोे। यो सार्वजनिक निजी साझेदारीको संयुक्त पहलमा बुटवल उपमहानगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघ बुटवल र आम्दा राजधानी बाहिरको यो पहिलो बाल तथा महिला अस्पताल हो ।

अस्पतालले बालबालिका र महिलाका लागि विशेष सेवाहरू प्रदान गर्दछ। अस्पतालका कार्यकारी निर्देशक डा पराजुलीले आम्दा अस्पताललाई नयाँ उचाइमा लैजाने बताउँदै त्यसका लागि सबैले आ–आफ्नो पदीय दायित्वअनुसार कर्तव्य पूरा गर्नुपर्ने वताउनु भयो। अस्पतालको विकास, विस्तारमा आफू २४ सै घण्टा लागी पर्ने वताउनु भयो।

सम्बन्धित शिर्षक :