लुम्बिनी इन्टरनल मेडिसिन सोसाईटी अध्यक्षमा डा.पौडेल निर्वाचित

स्वास्थ्यसमाचार/ लुम्बिनी इन्टरनल मेडिसिन सोसाईटी अध्यक्षमा डा विष्णुप्रसाद पौडेल निबिरोध निर्वाचित हुनु भएको छ। बुटबलमा आज भएको मेडिसिन सोसाईटी प्रथम अधिवेशनले डा पौडेलको अध्यक्षतामा समिति निबिरोध भएको हो ।

इन्टरनल मेडिसिन सोसाईटी बरिष्ठ उपाध्यक्ष डा नन्दु प्रसाद पाठक उप सभापति डा महेश राज घिमिरे महासचिव डा सरोज थापा सचिवमा डा कृष्ण कुमार अग्रवाल कोषाध्यक्षमा डा बिशाल के.सी.सह कोषाध्यक्षमा डा शम्भु खनाल सदस्यमा डा मोहनलाल तिवारी सुन्दर पान्डे डा तिलचन्द पान्डे डा. मनिष बि.क डा कृष्ण खनाल डा आकाश शाही सदस्य भएको निर्वाचन समितिका संयोजक गुणनिधि खनालले बताउनु भयो।

नवनिर्वाचित अध्यक्ष डा बिष्णु प्रसाद पौडेलले चिकित्सकहरुको पेशागत हकहितसँगै अभिमुखीकरण कार्यक्रमहरुलाई आफुले जोड दिने प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रमका बिच सिनियर जनरल फिजिसियन डा लोकेन्द्र देब भट्टले साधारण सभालाई समुद्घाटन गर्दै स्वास्थ्य क्षेत्रलाई प्रभावकारी र आम नागरिकको पहुँचमा पुग्ने गरि लाग्न सुझाव दिनु भयो ।उहाँले चिकित्सकहरु संस्थागत हुदा आफनो पेशागत हकअधिकारसँगै सामाजिक कार्यमा लाग्न मद्दत मिल्ने वताउनु भयो ।

यसैबीच चिकित्सकहरुको अभिमुखीकरण कार्यक्रममा सेभ द चिल्ड्रेनका एनटिसिसिका डाइरेक्टर डा प्रज्वल श्रेष्ठले नेपालमा क्षयरोग र यसको न्यूनिकरणको सरकारी अभियानको बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो।

कार्यक्रममा सेभ द चिल्ड्रेनको ग्लोबल फण्ड प्रोग्रामका सिनियर टेक्निकल एडभाईजर डा आशिष श्रेष्ठले विश्व परिवेशमा क्षयरोग र नेपालमा पहिचानमा चुनौती, गौतम बुद्व सामुदायिक मुटु अस्पतालका कन्सल्टेन्ट कार्डियोलिजिष्ट विशाल केसी, डिएम गेस्ट्रोमेट्रोलोजीस्ट डा अरुण ज्ञवालीले पेट रोग विषयमा आफनो प्रस्तुती राख्नु भएको थियो।

अधिवेशनमा नेपाल चिकित्सक संघ लुम्बिनीका अध्यक्ष डा कृष्ण खरेलले बुटवलमा स्वस्थ क्षेत्रमा अब्बल ब्यक्तित्व एलबी भट्टको योगदानबारे चर्चा गर्दै नया पुस्ताका चिकित्सकमा संस्कारको विकास भएको बताउनु भयो ।

चिकित्सकहरुलाई एकेडेमिक अन्तरक्रिया निरन्तर आवश्यक हुने भन्दै नया युवाहरूबाट शुरुवात भएको यो अभियान निक्कै उपयोगी र समयको माग भएको डा खरेलले बताउनु भयो। लुम्बिनी इन्टरनल मेडिसिन सोसाईटिमा ९७ जना आबद्धता रहेको बताईएको छ।

सम्बन्धित शिर्षक :