स्वयंसेविकालाई रिसिईबी र राजनितिक प्रतिशोधमा कारवाही किन ?

स्वास्थ्यसमाचार/ एमाले बुटवल उपमहानगर कमिटीले बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयलाई २४ बुंदे ज्ञापनपत्र बुझाएको छ । नगर प्रमुखले राजनितिक प्रतिशोधका आधारमा अघिल्लो नेतृत्वले अघि सारेका योजनाहरु अलपत्र पार्ने काम गरेको वताएको छ।

नगरप्रमुख लाई बुझाएको ज्ञापनपत्रमा बुटवल उपमहानगरपालिकाले राजपत्रमा प्रकाशित गरेको महिला स्वास्थ्य स्वयंसेविका (सेवा तथा सुविधा) सम्बन्धी निर्देशिका अनुसार स्वयंसेविकाहरुलाई मासिक खर्च रु १०००, वार्षिक चाडपर्व खर्च रु ३००० र स्वयंसेविका सम्मान बिदाई खर्च उपलब्ध गराउनुपर्नेमा मासिक खर्च र सम्मान स्वरुप दिईने बिदाई खर्च उपलब्ध नगराएर स्वयंसेविकाहरुले स्वास्थ्य सेवा प्रवाहमा गरेको योगदानको अवमूल्यन गर्ने र उनीहरुलाई अपमान गर्ने काम गरेकोमा खेद प्रकट गर्दै निर्देशिका बमोजिम सेवा सुविधा उपलब्ध गराउन जोडदार माग गर्दछौं ।

त्यस्तै स्वास्थ्य आमा समूहको बैठक बसेर नयाँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका चयन गरी त्यसको जानकारी सम्बन्धित स्वास्थ्य संस्थामा दिनुपर्ने संघिय कानूनलाई उल्ंलघन गरेर अवैधानिक आमा समूह खडा गरी स्वास्थ्य स्वयंसेविका नियुक्त गर्ने तथा व्यक्तिगत रिसिईबी र राजनितिक प्रतिशोधका आधारमा आवश्यक न्यूनतम प्रक्रिया समेत पुरा नगरी स्वयंसेविकाहरुलाई कारवाही गर्ने कार्य प्रति आपत्ति जनाँउदै यस्तो अवैधानिक कार्य तत्काल बन्द गरी कारवाही गरिएका स्वयंसेविकाहरुको पुर्नबहाली र स्वास्थ्य आमा समूहले निर्णय गरेका महिलाहरुलाई स्वास्थ्य स्वयंसेविकाको पदमा बहालीका लागि जोडदार माग गर्दछौं ।

अध्यक्ष ज्ञाबली द्धारा बुझाएको उक्त ज्ञापन पत्रमा स्वस्थ रहन पाउनुपर्ने नागरिकको संवैधानिक अधिकारलाई सुनिश्चित गर्दै बुटवलका सडक एवंम सार्वजनिक स्थल स्वच्छ र सफा राख्ने, फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन गर्ने, राजमार्ग र मुख्य सडकहरुमा वृक्षारोपण गर्ने तथा नगर क्षेत्रमा हरियाली प्रर्वद्धन र सौन्र्दयीकरण कामहरु प्रभावकारीरुपमा अगाडि बढाउन समेत हाम्रो पार्टी जोडदार माग गर्दछ ।

एमाले नगर सचिव मेघराज भट्टराईले विधि, पद्दति र प्रणाली कुल्चेर मेयर पाण्डेयले राजनीतिक पुर्वाग्रहका आधारमा बुटवलको विकासमा असर पर्ने गरी अघि बढेकाले यस्तो गतिविधि नसच्याए एमाले कडा ढंगले प्रस्तुत हुने चेतावनी दिनुभयो ।

सम्बन्धित शिर्षक :