स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस वर्षको स्वास्थ्य सेवा दिवस मनाउन मुख्य सचिवको संयोजकत्वमा स्वास्थ्य सेवा दिवस मूल समारोह समिति गठन गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीको संयोजकत्वमा बसेको बैठकले मुख्य सचिव शंकरदास बैरागीको नेतृत्वमा मूल समारोह समिति गठन गरेको हो ।
संघ, प्रदेश तथा स्थानीय तहहरूमा विविध कार्यक्रमहरू आयोजना गरी यही फागुन १५ गते स्वास्थ्य सेवा दिवस मनाइँदै छ।। जसका लागि मूल समारोह समिति मुख्य सचिव शंकरदास वैरागीको संयोजकत्वमा स्वास्थ्य सचिव देव कुमारी गुरागाईं, डा रोशन पोखरेल, सबै अतिरिक्त सचिव र महानिर्देशक महाशाखा प्रमुख र केन्द्रीय अस्पतालका प्रमुख स्वास्थ्य क्षेत्रका राष्ट्रियस्तरका ट्रेड युनियनका अध्यक्षहरू रहेको मूल समारोह समिति गठन गरिएको छ।
यस्तै, स्वास्थ्य सेवा विभागका महानिर्देशक संयोजकरहने गरी कार्यक्रम व्यवस्थापन समिति गठन गरिएको छ। यस वर्षको स्वास्थ्य सेवा दिवसको नारा ‘दक्ष जनशक्ति, गुणस्तरीय स्वास्थ्य सेवा–निरोगी नेपाल निर्माणमा हाम्रो टेवा’ राखिएको छ ।

 
				
					 
			


 
                             
                             
                            
प्रतिकया दिनुहोस्